रवि लामिछाने र छविलाल जोशीविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी

बुधबार, मंसिर १९, २०८१
Global Ime Bank

काठमाडौं । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष समेत रहेका पूर्व डीआईजी छविलाल जोशीविरुद्ध पर्समा पनि पक्राउ पुर्जी जारी भएको छ । वीरगञ्जको सानो पाइला सहकारीको बचत अपचलनको विषयमा अनुसन्धान गर्न प्रहरीलाई बधुबार पर्सा जिल्ला अदालतले अनुमति दिएको पर्साका प्रहरी प्रमुख कुमुद ढुंगेलले जानकारी दिए । लामिछाने प्रबन्ध निर्देशक रहेका बेला उक्त सहकारीबाट करिब ८ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको थियो । लामिछाने र जोशीविरुद्ध कास्की, रुपन्देही, काठमाडौं र चितवनमा पनि पक्राउ पुर्जी जारी भइ अनुसन्धान जारी छ । लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् । उनलाई हिरासतबाटै प्रहरीले पक्राउ पुर्जी जारी भएका अन्य जिल्लामा लगेर बयान गराइरहेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १७:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार