पोखरा चाइनिज ईंटाबाट सय युवालाई रोजगारी

बुधबार, मंसिर १९, २०८१
Global Ime Bank

काठमाडौं । पोखराको पोल्याङमा रहेको पोखरा इको रेड ब्रिक्स प्रालिले एक सय युवालाई रोजगारी प्रदान गर्न सफल भएको छ । अत्याधुनिक, वातावरणमैत्री प्रविधिमा चाइनिज ईंटाको उत्पादन गर्दै आएको यस होफम्यान क्लिन ईंटा उद्योगले झन्डै एक सय युवालाई रोजगारी दिन सफल भएको जनाएको छ । यद्यपि उत्पादनको धेरैजसो काम मेशिनमार्फत गरिन्छ । तथापि उद्योगले एक सय जना नेपालीहरूलाई रोजगारी उपलब्ध गराउन सकेको जानकारी कम्पनीले दिएको छ । कम्पनीले आफ्नै ८५ रोपनी क्षेत्रफलमा उद्योग स्थापना गरी एक वर्षअघि ईटाको उत्पादन सुरु गरेको थियो । झन्डै ५० करोड रुपैयाँ लगानीमा जर्मन होफम्यान क्लिन प्रविधि प्रयोग गरी ईटा उत्पादन गर्दै आएको कम्पनीले वार्षिक एक करोड ईंटा उत्पादन क्षमता रहेको जनाएको छ । पोखरा इको रेड ब्रिक्स प्रालिका टेक्निकल डाइरेक्टर इन्जिनियर कृष्णभक्त दुवालले उद्योग स्थापना भएदेखि अहिलेसम्म करिब एक सय नेपाली युवालाई रोजगारी दिन सफल भएको जानकारी गराए ।

f7a8c7ee-b303-4a5b-9072-f07df5f00469-1733313930.jpg
उनले जानकारी दिएअनुसार, यो प्रविधि ४५ वर्षअघि भक्तपुरको भक्तपुर चाइनिज ईटा तथा टायल कारखाना र ललितपुरको हरिसिद्धि चाइनिज ईटा तथा टायल कारखानामा प्रयोग गरिएको ईटा पोल्ने प्रविधिको आधुनिक रूप हो । सामान्यतया ईटा पोल्ने संरचना र जनशक्ति भारतको विहारबाट आएका मजदुरहरूले सञ्चालन गर्दै आएका थिए । तर, पोखराको पोल्याङमा होफम्यान क्लिन प्रविधि प्रयोग गरी नेपाली जनशक्तिबाट नै उत्पादन सुरु गरेका छौं,’ डाइरेक्टर दुवालले भने । कारखाना पोखरा र दमौलीबाट करिब २० किलोमिटरको दूरीमा अवस्थित रहेको छ । जर्मन वैज्ञानिक फ्रेडरिक होफम्यानले सन् १८५८ मा विकास गरेको होफम्यान क्लिन प्रविधिबाट ईटा पोल्नका लागि आधुनिक भटाको निर्माण गरी उत्पादन सुरु गरिएको थियो । नेपालमा यो प्रविधि भित्रिएको लगभग आधा शताब्दीपछि यस प्रविधिमार्फत अत्याधुनिक चाइनिज ईटा उत्पादन गर्न सफल भएको हो । संसारभरि नै यो होफम्यान प्रविधिलाई इटा उत्पादनमा वातावरणमैत्री प्रविधि मानिन्छ । यस प्रविधिबाट उत्पादन गर्दा अधिकांश काम मेशिनले नै गरिनेछ । ड्रायर बनिसकेपछि वर्षभरि कारखाना सञ्चालन गर्न सकिनेछ । प्रालिले आफ्ना इटा देशभर डेलिभरी गर्न सक्ने क्षमता रहेको बताएको छ । नेपालमा यसअघि यो प्रविधिमा आधारित दुईवटा चाइनिज ईटा उद्योग—भक्तपुर इटा तथा टायल उद्योग र ललितपुरको हरिसिद्धि इटा तथा टायल उद्योग—थिए । तीमध्ये भक्तपुर ईटा तथा टायल उद्योग अहिले निजी क्षेत्रद्वारा सञ्चालन हुँदै आए पनि हरिसिद्धि कारखाना बन्द भइसकेको छ ।

56a7c8f2-ff21-45a3-898d-b2105d219a62-1733314013.jpeg
9bc120b4-2aa7-42a3-a9ff-dcf21eb46ecb-1733314014.jpg
 

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १७:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
सुनचाँदीको मूल्य बढ्यो
बुधबार, मंसिर १९, २०८१

एक हजारले बढ्यो सुनको मूल्य 
बुधबार, मंसिर १९, २०८१