प्राधिकरणमा आउँदा बस्ने ठाउँसम्म नभएका कारण कार्यकक्ष बनाउन आवश्यक : मन्त्री खड्का

बुधबार, मंसिर १९, २०८१
Global Ime Bank

काठमाडौं । रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणको प्रधान कार्यालयमा तयार प्राधिकरणको कार्यकक्षमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले कार्यभार सम्हालेका छन् ।  मंगलबार अबेर तयार भएको कार्यकक्षको मन्त्री खड्काले बुधबार कार्यभार सम्हालेका हुन् । प्राधिकरण सञ्चालक समितिको अध्यक्ष ऊर्जा मन्त्री रहने प्रावधान छ । यसअघि रत्नपार्कस्थित प्राधिकरण मुख्यालयमा अध्यक्षको कार्यकक्ष थिएन । कार्यकक्ष बनेको भोलिपल्टै ऊर्जामन्त्री खड्का पुगेर कुर्सीमा बसेका हुन् । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ जिल्लाबाहिर गएका बेला त्यहाँ रातारात कार्यकक्ष बनाइएको  हो । सञ्चारकर्मीहरुसँग कुरा गर्दै खड्काले प्राधिकरणमा आउँदा बस्ने ठाउँसम्म नभएका कारण कार्यकक्ष बनाउन आवश्यक भएकाले बनाइएको बताए ।  उनले भने, ‘प्राधिकरणका अध्यक्षको हैसियतले कार्यकक्ष बनाउन लगाएको र यहाँ आउँदा बस्ने ठाउँसम्म नभएका कारण आवश्यक थियो ।’

Photos-(9)-1733317282.jpg
 

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १८:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार