सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वयंमसेवक कोषमा ललितपुर महानगरपालिकाले ९ लाख रकम जम्मा गर्ने बताएका छन् । ललितपुरमा बिहीबार आयोजित २१ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविका दिवस–२०८१ कार्यक्रममा उनले महानगरपालिकाले यही वर्ष स्वयंमसेवक कोषमा ९ लाख थप्ने भन्दै यसको व्यवस्थापन हुने बताए । उनले भने, ‘तपाईहरुले स्वयंमसेवक कोषको कुरा गर्नु भएको छ, यसमा तपाईहरुको योगदान ९ लाख रुपैयाँ भईसकेको छ । त्यसमा महानगरपालिकाले यही वर्ष त्यो कोषमा ९ लाख थप्ने काम गर्छौ । यो मैले बोलेको कुरा हो । यसको व्यवस्थापन हुन्छ ।’ यस्तै, उनले कार्यक्रममा सबैले स्वयंम सेवकहरुको कुरा उठाएको भन्दै सो विषयमा महानगरपालिका संवेदनशिल रहेको बताए । उनले भने, ‘आजको कार्यक्रममा सबैले महानगरपालिकाले स्वयंम सेवकहरुलाई हेर्नुपर्ने कुरा राख्नु भएको छ । यो विषयमा हामी निकै संवेदनशिल छौ । हामी यसमा लाग्छौ हामीले केही नयाँ अध्याय सुरु गर्छौ ।’ ललितपुर महानगरपालिकाले स्वास्थ्य क्षेत्रमा कायापलट हुने गरि काम गर्न सक्ने र गर्नुपर्ने पनि उनको भनाई छ ।