आजको फलफूल तथा तरकारीको मूल्यमा सामान्य परिवर्तन

आइतबार, मंसिर २३, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ८५ रुपैयाँ रहेको छ।  यसैगरी आलु रातोको ६५, आलु सेतोको ६०, लोकल बन्दाको मुल्य ५०,काउली स्थानीयको ७० रुपैयाँ कायम भएको  छ । यसैगरी कन्य च्याउ २००,कुरीलो १०००, भन्टा डल्लोको मूल्य ६० रुपैयाँ र भन्टा लाम्चोको ५० रुपैयाँ कायम भएको छ । 
रायो सागको मूल्य २५ रुपैयाँ  छ । तोरिको साग ३० ,पालूगो साग ९० र चमसुरको साग ९०, स्कूसको मूल्य २५रुपैयाँ रहेको छ । 
त्यस्तै,लोकल गाजर १३० रुपैयाँ, तने बोडी १४० रुपैयाँ, मकै बोडी ६० रुपैयाँ, मटरकोशा १७० रुपैयाँ, राजमा घिउ सिमी १३० रुपैयाँ,लौका ६०, घिरौला ८० रुपैयाँ र लोकल परवर ९० रुपैयाँ रहेको छ । त्यस्तै, अनारको ३५० र मौसमको १५० रुपैयाँ, सुन्तला नेपाली १०० ,केरा १५०,स्याउ फूजी २८०रहेको छ । 
 

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  ०८:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार