सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि निर्मला शर्माको नेतृत्वमा नयाँ प्यानल घोषणा गरिएको छ । यही मंसिर २८ गते हुने निर्वाचनका लागि शर्मा नेतृत्वको प्यानलले आइतबार काठमाडौंमा उम्मेदवार घोषणा सभाको आयोजना गरेर आफ्ना उम्मेदवारहरुको नाम सार्वजनिक गरेको हो । ५२ सदस्यीय केन्द्रीय समितिका लागि हुने निर्वाचनमा शर्माले प्रेस चौतारी र नेपाल प्रेस युनियनको साझा उम्मेदवारको रुपमा अध्यक्षमा उम्मेदवारी दिएकी हुन् । शर्माको प्यानलमा बरिष्ठ उपाध्यक्षमा दिपक आचार्य, महिला उपाध्यक्षमा नितु पण्डित, समावेशी उपाध्यक्षमा उमिद प्रसाद वागचन्द र महासचिवमा रामप्रसाद दाहालले उम्मेदवारी दिएको घोषणा गरिएको हो । त्यस्तै, खुल्ल सचिवमा रमेश खतिवडा, महिला सचिवमा सोनी शर्मा, आदीवासी जनजाति सचिवमा सविन प्रियासन, मधेसी सचिवमा अशोक कुमार तिवारी, दलित सचिवमा प्रकाश धौलाकोटी, एसोसिएट सचिवमा बैकुण्ठराज पराजुली र कोषाध्यक्ष रामकृष्ण ज्ञवालीको नाम घोषणा गरिएको हो । घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्षकी उम्मेदवार शर्माले पत्रकार महासंघलाई गैर पत्रकारहरुको सिण्डकेटबाट मुक्त गराउने प्रतिवद्धता जनाइन । उनले महासंघलाई पत्रकारहरुको साझा संस्थाको रुपमा विकास गर्दै सबै श्रमजिवी पत्रकारहरुको हितका लागि काम गर्ने बताइन् । महासंघको हालको कार्यसमिति अध्यक्षबाट राजीनामा दिएका विपुल पोखरेलले लोकतन्त्रको नाममा लेख्न पाउने अधिकारलाई सिन्डिकेट गर्ने व्यक्तिहरुबाट पत्रकार महासंघ कब्जा गर्न मनसाय लिएकाले त्यसको अन्त्यका लागि शर्माको टिमलाई साथ दिने प्रतिवद्धता जनाए । महासंघमा धेरै अप्ठ्याराहरु देखिएपछि मैले राजीनामा दिनुपर्ने अवस्था आयो । ती सबै अप्ठ्यारा र विसङगतिरु छन् त्यसलाई सफा गर्नुपर्ने हावश्यकता छ । त्यो काम शर्मा नेतृत्वको टिमले गर्नेछ । महासंघ धमिलो पानी जस्तो छ । यसलाई शुद्द बनाउन आवश्यक छ,’ उनले भने । कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, महासंघका पूर्वअध्यक्ष डा.सुरेश आचार्य, डा.महेन्द्र विष्ट, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलगायतले सम्बोधन गरेका थिए । महासंघको नयाँ नेतृत्वका लागि रमेश विष्टको नेतृत्वमा अर्को प्यानल चुनावी मैदानमा छ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र व्यावसायिक पत्रकारिता : हाम्रो प्रतिबद्धता नेपाल पत्रकार महासंघ व्यावसायिक पत्रकारहरुको समूह प्रतिबद्धता
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, सूचनाको हकको प्रवद्र्धन, श्रमजीवी पत्रकारको पेशागत हकहित र पत्रकारको दक्षता अभिवृद्धि एवं मिडिया उद्योगको संरक्षण र विकासका साथै समग्र व्यावसायिक पत्रकारिताको सम्बद्र्धन आजको आवश्यकता हो । पछिल्लो समयमा सूचना प्रविधिको विकासले सिर्जना गरेका अवसर र चुनौतीका बीच नेपाली पत्रकारिताका समग्र मुद्दाहरुलाई सहीरुपमा सम्वोधन गर्न सक्ने नेपाल पत्रकार महासंघ बनाउन सक्षम नेतृत्व अपरिहार्य छ । हाम्रा अग्रजहरुको बलिदान, कष्टसाध्य संघर्ष र असाधारण योगदानको जगमा उभिएको नेपाल पत्रकार महासंघको गौरवपूर्ण इतिहासको रक्षा गर्दै बलियो नागरिक अगुवा संस्था बनाउन फराकिलो दृष्टिकोण र आन्दोलनको निरन्तरता जरुरी हुन्छ । समग्र पत्रकार र पत्रकारिता जगतको नेतृत्वदायी संस्थाका रुपमा पुनस्थापित गर्दै महासंघलाई साँच्चिकै महासंघ बनाउन लहड होइन, जिम्मेवार र जवाफदेही नेतृत्वको खाँचो छ । त्यो खाँचो पुरा गर्न सम्पूर्णरुपमा सक्षम उम्मेदवारहरुको संयोजन सहित नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले साझा सहमतिका साथ प्रस्ताव गरेको नेपाल पत्रकार महासंघको व्यावसायिक समूह यहाँहरुबीचमा आएको छ । २०८१ मंसिर २८ गते सम्पन्न हुने निर्वाचनमा केन्द्रीय समितिमा बरिष्ठ पत्रकार निर्मला शर्माको नेतृत्वमा र प्रदेश तथा शाखाहरुमा व्यावसायिक समूहबाट प्रस्तावित सवै उम्मेदवारहरुलाई अत्यधिक बहुमतका साथ निर्वाचित गर्न हामी महासंघका सबै अग्रज पत्रकार तथा सदस्यज्यूहरुमा हार्दिक अपिल गर्दछौं । हाम्रो समूहका नीतिगत आधार र कामका प्राथमिकता देहायबमोजिम छन् ः १) हामी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचना प्रवाहको स्थापित अन्तर्राष्ट्रिय मूल्य, मान्यता तथा अभ्यास र नेपालको संविधानले आत्मसात गरेको सिद्धान्त अनुकूल प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोगको वातावरण निर्माणका लागि प्रतिबद्ध छौं । २) नेपाल पत्रकार महासंघको सात दशक लामो गौरवमय यात्रामा हाम्रा अग्रजहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको पेशागत हक, श्रम अधिकारको संरक्षण, सूचना हकको रक्षा र व्यावसायिक पत्रकारिताको सम्बद्र्धनमा गर्नु भएको अतुलनीय योगदानको हार्दिक सम्मान प्रकट गर्दछौं । नेपाल पत्रकार महासंघलाई आम श्रमजीवी पत्रकारको साझा नेतृत्वदायी पेशागत संगठनका रूपमा र उचित श्रम अभ्यास, सामूहिक सौदावाजी र पेशा तथा रोजगारी अधिकार संरक्षणको वैधानिक अधिकार सम्पन्न संगठनका रूपमा अघि बढाउने छौं । ३) श्रमजीवी पत्रकार सम्बन्धी ऐन जारी भएको तीन दशक भैसक्दा पनि यसको पूर्ण कार्यान्वयन हुन नसकेको बिडम्बनापूर्ण यथार्थलाई मनन गर्दै श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन र समस्याको दीर्घकालीन समाधानको लागि ठोस पहल गर्नेछौं । सञ्चार प्रतिष्ठानमा नियुक्ति पाएको दिनदेखि नै न्यूनतम पारिश्रमिक, विदा, औषधी उपचार, विमा, उपदान लगायत सामाजिक सुरक्षाको ग्यारेन्टी र अन्य क्षेत्रमा कार्यरत श्रमजीवीको तुलनात्मक पारिश्रमिक दरको अध्ययनका आधारमा निरन्तर न्यूनतम तलब वृद्धिका लागि संघर्ष गर्नेछौं । साथै सबै सञ्चार गृहमा कार्यरत पत्रकारहरुलाई समाजकि सुरक्षाकोषमा आवद्ध गराउन नेतृत्वदायी भूमिका निर्वाह गर्नेछौं । ४) व्यावसायिक, मर्यादित, जिम्मेवार पत्रकारिताको विकासको साथै पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षाका लागि आम सञ्चार क्षेत्रमा कार्यरत राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्था तथा निकायहरुसँगको सहकार्यलाई थप सुदृढ बनाउँदै महासंघको थप संस्थागत जिवन्तताको लागि काम गर्नेछौं । ५) श्रमजीवी पत्रकारको हकहित, पेशागत सुरक्षा र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निर्माण भएका ऐन, कानून कार्यान्वयनका लागि दवावमुलक र समन्वयकारी नेतृत्वदायी भूमिका खेल्ने छौँ । विचार तथा अभिव्यक्ति स्वतन्त्रता र सूचना प्रवाहमा संकुचन हुने कुनै किसिमका निर्णय वा कानुन निर्माणको प्रयास तथा गतिविधिलाई निस्तेज पार्नेछौं । ६) श्रमजीवी पत्रकारको निःशुल्क दुर्घटना बिमालाई स्वास्थ्य बिमामा रुपान्तरण गरी त्यसको प्रभावकारी कार्यान्वयन र ज्येष्ठ पत्रकार सम्मान वृत्ति कोष रकमको बृद्धिका लागि पहल गर्नेछौं । सरकारी अस्पतालमा श्रमजीवी पत्रकारको निःशुल्क उपचारको व्यवस्था गर्ने घोषणालाई पनि प्रभावकारी र वैज्ञानिक प्रणालीमार्फत पूर्ण कार्यान्वयनका लागि पहल गर्नेछौं । ७) हामी आमसञ्चारको क्षेत्रमा महिला, दलित, आदिवासी जनजाति, अपाङ्गता, मधेशी, सीमान्तकृत समुदाय र पछाडि परेका क्षेत्र, वर्ग तथा समुदायको सहभागीता बढाई समावेशी समाचार कक्ष निर्माणका लागि प्रोत्साहन र क्षमता वृद्धि गर्ने कार्यक्रमहरु ल्याउने छौं । ८) श्रमजीवी पत्रकारले सञ्चालन गरेका साना लगानीका स्वरोजगारमूखी सञ्चारमाध्यमको संरक्षण र प्रवद्र्धनका लागि समानुपातिक विज्ञापन नीति लागू गर्दै स्थानीय विज्ञापन स्थानीय सञ्चारमाध्यमलाई नै उपलब्ध गराउनुपर्ने वाध्यकारी व्यवस्थाको लागि पहल गर्नेछौं । साथै, सरकारले प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन शतप्रतिशत वृद्धि गर्न र अनलाईन सञ्चार माध्यमहरुलाई पनि उपलब्ध गराउन पहल गर्नेछौं । ९) सञ्चार उद्योगलाई सेवामुलक उद्योगका रुपमा स्थापित गर्दै नविकरण शुल्क तथा रोयल्टी शुल्क खारेज गर्न दवाव सृजना गर्नेछौँ । साथै सञ्चार माध्यमहरुलाई निःशुल्क विद्युत र सहुलियत व्याजदरमा कर्जा उपलब्ध गराउने प्रयास गर्नेछौँ । १०) युट्युब लगायतका डिजिटल मिडिया तथा आर्टिफिजियल इन्टेलिजेन्स (एआई)ले ल्याएका सृजना गरेका चुनौती तथा अवसरहरुलाई को विषयमा हामी गम्भिर छौं । ती क्षेत्रका संचारकर्मीहरुलाई पनि पत्रकारिताको जिम्मेवारीवोध गराउदै पत्रकार आचार संहिता र मूल्य मान्यता आत्मसात गर्न उत्प्रेरित गरेर महासंघमा समावेश गर्ने व्यवस्था गर्नेछौँ । ११) नेपाली पत्रकारिता र मिडिया उद्योगले भोगिरहेका समस्या समाधान गर्दै पत्रकारिताको वृहत्तर हित र विकासका लागि नीतिगत नेतृत्व र व्यावहारिक सक्रियताका साथ महासंघको समग्र दायित्व पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं । उम्मेदवारहरुको नामावली अध्यक्ष : निर्मला शर्मा बरिष्ठ उपाध्यक्ष : दीपक आचार्य महिला उपाध्यक्ष नितु पण्डित समावेशी उपाध्यक्ष उमिद प्रसाद बागचन्द महासचिव रामप्रसाद दाहाल सचिव खुल्ला रमेश खतिवडा सचिव महिला सोनी शर्मा सचिव आदीवासी जनजाती सविन प्रियासन सचिव मधेशी अशोक कुमार तिवारी सचिव दलित प्रकाश थौलाकोटी सचिव एसोसिएट बैकुण्ठराज पराजुली कोषाध्यक्ष रामकृष्ण ज्ञवाली खुल्ला सदस्य छविलाल तिवारी भूपेन्द्र आचार्य मुकुन्द प्रसाद भण्डारी रामेश्वर कार्की लवदेव ढुंगाना कोशी प्रदेश सदस्य कमलमणि रिजाल शंकर खरेल मधेस प्रदेश सदस्य राजेश कर्ण अच्युतम् कुमार सापकोटा वागमती प्रदेश सदस्य नवराज पथिक नारायण अधिकारी गण्डकी प्रदेश सदस्य केवि राना, कृष्ण केसी लुम्बिनि प्रदेश सदस्य रामराज पोखरेल विकास बन्जाडे कर्णाली प्रदेश सदस्य तुलाराम पाण्डे नगेन्द्र प्रसाद उपाध्याय सूदूरपश्चिम प्रदेश सदस्य योगेन्द्र वहादुर रावल सुरेश पन्त उपत्यका प्रदेश सदस्य विनोद प्रसाद चौलागाई, पुस्करराज बुढाथोकी प्रतिष्ठान प्रदेश सदस्य नरेन्द्र मानन्धर, सविता शर्मा संस्थागत सदस्य (एशोसिएट सदस्य) पवित्रा मुडभरी, मुक्तिवावु रेग्मी महिला सदस्य मधेसी रुवि कुमारी रौनियार आदिवासी माला मालुङ्वा खस आर्य लिला शाह योगी दलित निर्विरोध दलित सदस्य सिकेन्द्र पासवन दलित सदस्य महिला निर्विरोध आदिवासी जनजाति सदस्य भरत जर्घामगर आदिवासी जनजाति महिला निर्विरोध मधेसी सदस्य राज करण महतो मधेसी महिला सदस्य ललिता शाह अपाङ्गता भएका सदस्य भूपराज बस्याल अल्पसंख्यक सदस्य लक्ष्मण थामी लेखा समिति सदस्य केशव प्रसाद वोहरा लेखा समिति सदस्य (महिला) रुक्मिणी पोखरेल