बिद्रोहीले राजधानी सहर कब्जा गरे पछि सिरियाका राष्ट्रपति बेपत्ता

सोमबार, मंसिर २४, २०८१
मयुर प्लाई
Global Ime Bank

दमास्कस । सिरियाली विद्रोहीहरूले दमास्कस कब्जा गर्दै राष्ट्रपति बसर अल असद भागेको बताएका छन् । दमास्कसका विद्रोही सेनाले लामो समयदेखि शासनमा रहेका बसर अल असदको राजधानी सहरलाई मुक्त घोषणा गरेपछि सरकारी सेना फिर्ता भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  बिद्रोहीहरूले आधिकारिक रूपमा सत्ता हस्तान्तरण नभएसम्म सार्वजनिक संस्थानहरू पूर्व प्रधानमन्त्रीको निगरानीमा रहनेसमेत बताएका छन् ।समाचार अनुसार बिद्रोहीले राजधानी सहरसमेत कब्जा गरे पछि राष्ट्रपति असदले अज्ञात गन्तव्यको लागि विमानबाट दमास्कस छोडेको उल्लेख गरेका छन् । सिरियाली प्रधानमन्त्री मोहम्मद गाजी अल जलालीले असद अहिले कहाँ छन् भन्ने आफूलाई थाहा नभएको बताएका छन् । सोशल मिडियामा साझा गरिएको अप्रमाणित फुटेजले कुख्यात सयदनाया जेलबाट हजारौं कैदीहरूलाई रिहा गरिएको देखिएको छ, जहाँ असदका विरोधीहरूलाई यातना र मृत्युदण्ड दिइने गरिन्थ्यो ।
 

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  ०८:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार