एनपीएल : पोखराले दियो कर्णालीलाई १ सय ४ रनको सामान्य लक्ष्य

मंगलबार, मंसिर २५, २०८१
Global Ime Bank

काठमाडौं । नेपाल प्रिमियल लिग (एनपीएल) मा आज(मंगलबार)भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १ सय ४ रनको सामान्य लक्ष्य दिएको छ । पोखरा १६.३ ओभरको खेलमा १ सय ३ रन बनाएर अलआउट भएको हो । आजको खेलमा पोखरा एभेन्जर्सले टस जितेर पहिलो ब्याटिङ् रोजेको थियो । कर्णाली याक्सका विलियम बोसिस्टोले एक्दैले पोखराको ६ विकेट लिए छन् । ४ ओभर बलिङ गरेका उनले मात्र २८ रन दिए । उनी नेपाल प्रिमियर लिगमा एकै खेलमा ६ विकेट लिने पहिलो खेलाडी बनेका छन् । यसअघि सोहेल तनविर, नरेन साउद र हर्श थाकेरले एकै खेलमा ५ विकेट लिएका थिए । चार खेल खेल्दा दुई जित र दुई हार खाएको कर्णालीको चार अंक छ भने तीनमा दुई खेल गुमाएको पोखराको दुई अंक मात्र छ । कर्णाली चार अंकसहित तालिकाको चौथो स्थानमा छ भने पोखरा पाँचौ स्थानमा छ । पहिलो खेलमा चितवन र दोस्रो खेलमा जनकपुरसँग पराजित पोखराले पछिल्लो खेलमा लुम्बिनीमाथि जित हात पारेको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १५:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार