जलवायु परिवर्तनको मार खेपेको नेपालको न्यायाका लागि अन्तर्राष्ट्रिय समुदायसमक्ष लविङका लागि अपिल

परराष्ट्रमन्त्री डा.देउवा र लक्जमबर्गका उपप्रधान एवं विदेशमन्त्रीबीच भेटवार्ता
बुधबार, मंसिर २६, २०८१
Global Ime Bank

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र लक्जमबर्गका उपप्रधानमन्त्री, विदेश एवं वैदेशिक व्यापारमन्त्री जेभियर बेटेलबीच मङ्गलबार लक्जमबर्गमा भेटवार्ता भएको छ ।  बेटेल सन् २०१३ देखि २०२३ सम्म लक्जमबर्गको प्रधानमन्त्री पनि थिए ।  लक्जमबर्ग सिटीस्थित उनको कार्याकक्षमा भएको भेटवार्ताका क्रममा नेपाल लक्जमबर्ग सम्बन्धका विविध पक्षका साथै आपसी हित, साझा चासो र सहकार्यका बारेमा कुराकानी भएको थियो ।
त्यस अवसरमा उनीहरुले नेपालको विकास प्राथमिकता तथा नेपाल र लक्जमबर्गबीचको आर्थिक सहकार्यका बारेमा  विचार आदानप्रदान गरेका थिए । साथै सो वार्ताका क्रममा विश्वव्यापी तापमानमा भइरहेको बृद्धि र यसका कारण परेको जलवायु परिवर्तनको असरका बारेमा पनि कुराकानी भएको थियो । नेपाल जलवायु परिवर्तनको असरको चपेटामा परेको र यसका कारण नेपालले अकल्पनीय क्षति व्यहोर्नुपरिरहेकाले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि अपिल गरिएको पनि मन्त्री डा.देउवाले सो भेटका क्रममा जानकारी गराएकी थिइन् ।  उनीहरुले द्विपक्षीय हितका विभिन्न विषयमा विस्तृत छलफल गरेका थिए । त्यस अवसरमा मन्त्री डा.देउवाले लक्जमबर्गलाई नेपालको विकास सहायतामा प्राथमिकतामा राख्न मन्त्री बेटेललाई अनुरोध पनि गरेकी थिइन् ।  मन्त्री डा.देउवाले नेपाल सन् २०२६ मा एलडिसीबाट ग्राजुएट हुन लागेकाले त्यसपछिको अवस्थामा नेपाललाई आर्थिक, प्राविधिक लगायतका क्षेत्रमा आवश्यक सहयोगका लागि पनि मन्त्री बेटेललाई आग्रह गरेकी थिइन् ।  नेपाल अतिकम विकसित देशको श्रेणीबाट मध्यमस्तरको राष्ट्रका रुपमा स्तरोन्नति हुन लागेकाले यसलाई दीर्घकालीन र सहज बनाउने रणनीतिमा युरोपियन युनियन लगायत नेपालका दाता राष्ट्र एवं संस्थाहरुको सहयोगको अपेक्षा नेपालले गरिरहेको र त्यसमा लक्जमबर्गको पनि सहयोग र समर्थनको अपेक्षा गरिएको मन्त्री डा देउवाले बताएकी थिइन् । 
सो भेटवार्ताका क्रममा मन्त्री डा देउवाले नेपाल आन्तरिक रुपमा शान्ति प्रक्रिया टुङ्ग्याउने अन्तिम चरणमा पुगेको जानकारी पनि गराएकी थिइन् । साथै उनले नेपालले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद र मानवअधिकार आयोगको  सदस्यमा उम्मेदवारी दिन लागेकाले त्यसका लागि सहयोग गर्न लक्जमबर्गलाई आग्रह गरेकी थिइन् ।  नेपाल र लक्जमबर्गबीच सन् १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । 

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  ०८:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार