सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । यसको साथै तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहने छ । यस्तै, आज राति भने सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका केही भागमा बदली रही बाँकी भेगमा मौसम सफा रहने छ ।