सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतले उनलाइ धरौंटीमा रिहा गर्न आदेश दिएको हो । प्रधानमन्त्री केपी शर्मा ओली बिरूद्द गलत कुरा सामाजिक सञ्जालमा राखेको भन्दै उनी पक्राउ परेका थिए । तर, आपराधिक विश्वासघातको कसूरमा सीआईबीले अनुसन्धन गरिरहेकाले उनी तत्काल भने छुट्ने छैनन् । यसअघि उनलाई प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो । प्रहरीले प्रसाईंले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो ।