बालुवाटारबाट थापाथली सरे राष्ट्र बैंकका दुई प्रमुख विभाग

सोमबार, पुस १, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट सञ्चालन भइरहेका बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभाग अब थापाथलीस्थित नवनिर्मित भवनमा सर्ने भएका छन् । राष्ट्र बैंकले एक सूचना जारी गर्दै सोमबार (पौष १ गते) देखि यी दुई विभागले थापाथलीस्थित नयाँ भवनबाट सम्पूर्ण सेवा सञ्चालन गर्ने जनाएको छ । राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ,‘बालुवाटारस्थित भवनबाट सञ्चालन हुँदै आएका बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभाग थापाथलीस्थित बैंकको नवनिर्मित भवनमा स्थानान्तरण हुने भएकाले मिति २०८१ पौष १ गतेदेखि उक्त विभागहरूबाट प्रदान गरिने सम्पूर्ण सेवा सोही भवनबाट सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’ बालुवाटारस्थित भवनमा कार्यरत यी विभाग स्थानान्तरणपछि राष्ट्र बैंकको मुख्य प्रशासनिक गतिविधि थप प्रभावकारी हुने विश्वास गरिएको राष्ट्र बैंकले जनाएको छ । थापाथलीस्थित यो भवन राष्ट्र बैंकले अत्याधुनिक संरचना र सेवा प्रविधिका साथ निर्माण गरेको हो ।

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  ११:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार