सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । गणपुरक संख्या नपुगे पछि आज पनि अर्थ समितिको बैठक स्थगित भएको छ । संसदीय समितिमा बैठकका लागि आवाश्यक सांसद संख्याको कोरम नपुगेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । संसद सचिवालयका अनुसार ११ः३० का लागि बोलाइएको बैठकमा ८ जना सांसद मात्रै उपस्थित भइदिए । मंगलबारको बैठकमा सुरक्षित कारोबार ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको थियो । सांसदहरू आउने क्रम जारी रहेको हुन सक्ने आशामा बैठक केही समयलाइ स्थगित गरिएको जनाइएको छ । हिजो पनि सत्तारूढ दलका सांसद नपुगे पछि अन्तिम समयमा बैठक स्थगित हुन पुगेको थियो ।