एसिसी महिला यु १९ एसिया, नेपालले पहिला ब्याटिङ गर्ने

मंगलबार, पुस २, २०८१
Global Ime Bank

काठमाडौं । एसिसी महिला यु १९ एसिया कपको जारी खेलमा नेपालले ब्याटिङ गर्ने भएको छ । समूह चरणको दोस्रो तथा अन्तिम खेलमा भारत विरुद्द नेपालले पहिला ब्याटिङ गर्ने भएको हो । मलेसियाको बायोमास ओभलमा जारी खेलमा भारतले टस जितेर फिल्डिङको निर्णय लिए पछि नेपाल ब्याटिङमा उत्रिन लागेको हो । पाकिस्तानलाइ हराएका नेपाल र भारत दुवै टोलीले सुपर फोरमा स्थान सुरक्षित गरिसकेका छन् । कप्तान पूजा महतोको अलराउन्ड प्रदर्शनप्रेरित नेपालले पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको थियो । पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा चार विकेट गुमाएर पूरा गरेको थियो भने पाकिस्तानसँगको पहिलो खेलमा भारतले ९ विकेटले बिजयी हासिल भएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १२:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार