जुवातास खेलेको आरोपमा १७ जना पक्राउ

मंगलबार, पुस २, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । डेढ लाख रुपैयाँसहित जुवातास खेलेको आरोपमा १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । कागेश्‍वरी मनोहरा नगरपालिका–४ डाँछी नयाँगाउँस्थित खाली जग्गामा जुवा (ओखर) खेलिरहेको अवस्थामा सोही नगरपालिका–४ डाँछी बस्ने ३३ वर्षीय हस्तबहादुर तामाङ समेत १७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६५ हजार ४ सय रूपैयाँ र १९ दाना ओखर सहित पक्राउ गरेको हो । पक्राउ परेकाहरूविरुद्ध जुवातास खेल्न नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १३:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार