आजदेखि एनपीएलमा  क्ववालिफियरका खेल, पहिलो खेलमा जनकपुर र सुदुरपश्चिम भिडदै

बुधबार, पुस ३, २०८१
Global Ime Bank

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) लिगमा आज दुईवटा खेल हुँदैछ । हिजो एक दिन ब्रेक भए पनि आज भने एलिमेटर र पहिलो क्वालिफायर खेल हुँदैछन् ।  त्रिभुवन विश्वविधालय, कीर्तिपुरस्थित क्रिकेट मैदानमा प्ले अफ सिट सुरक्षित गरेर क्वालिफायरमा पुगेका जनकपुर बोल्टस र सुदुरपश्चिम रोयल्सका बीचमा पहिलो खेल हुँदैछ । पहिलो खेल दिउँसो १ बजेबाट सुरू हुनेछ । लिग चरणको अन्तिम खेलमा कर्णालीलाई हराएर आएको सुदूरपश्चिम १२ अंकका साथ शीर्षस्थानमा छ भने उदघाटन खेलमा बिराटनगर किंग्सलाई पराजित गर्दै अघि बढेको जनकपुर १० अंकसहित दोस्रो स्थानमा रहेको छ । गत मंसिर १५ बाट सुरू भएको एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । एनपीएलको समापान समारोहमा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछन् भने  प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ। 

जनकपुर बोल्ट्स
आसिफ शेख – मार्की, ललित राजवंशी, अनिलकुमार साह, रुपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल, हेमन्त धामी, अरनिको प्रसाद यादव, तुलबहादुर थापा मगर, जिमी निशम (न्युजिल्यान्ड), जोशुआ ट्रम्प (अमेरिका), बेन माइक (इंग्ल्यान्ड), मोहमद मोहसिन (पाकिस्तान), लाहिरू मिलन्था (अमेरिका), हर्ष थाकर (क्यानडा)।

सुदूरपश्चिम रोयल्स 

दीपेन्द्रसिंह ऐरी–मार्की, आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडकबहादुर बोहरा, नरेश बुढायर, भोजराज भट्ट, अमित श्रेष्ठ, नरेन साउद, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड), रोहन मुस्तफा (युएई), बसन्त खत्री (आइकोनिक)। 

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  ०८:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार