इजरायलका राजदूत र ललितपुर महानगर प्रमुखबीच भेटवार्ता 

ललितपुरको विकास र समृद्धिका लागि इजरायली सहयोग र सहकार्यको प्रतिबद्धता 
बिहीबार, पुस ४, २०८१
Global Ime Bank

ललितपुर । इजरायलका राजदूतले ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनसँग भेटवार्ता गरेका छन् । भेटवार्ताको क्रममा महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य, वातारण संरक्षणलगायतको क्षेत्रमा ललितपुर महानगरपालिकाले गरेको असल अभ्यासका बारेमा अवगत गराएका थिए । यसैगरी नगर प्रमुख महर्जनले ललितपुर महानगरपालिकाले अन्तर्राष्ट्रियस्तरमा कोरियाको चेरअवान सहरसँग भगिनी सम्बन्ध कायम गरेको जानकारी गराउँदै कृषि, पर्यटन, सूचना प्रविधिको क्षेत्र दुई सहरबीच सहयोग आदानप्रदान गर्ने सम्बन्धमा चर्चा गरे । 

WhatsApp-Image-2024-12-19-at-08.52.35-(1)-1734580734.jpeg
इजरायलका राजदूत श्मुलिक एरी बासले ललितपुर महानगरपालिकाको विकास र समृद्धिका लागि इजरायली जनताको तर्फका सहयोग र सहकार्य  गर्ने प्रतिबद्धता व्यक्त गरे । ललितपुर महानगरले हरियाली संरक्षण, वायु प्रदुषण नियन्त्रणका लागि गरेको कामको राजदुतले प्रशंसा गर्दै उनले भेटवार्ता उपलब्धिमूलक भएको प्रतिक्रिया दिए । भेटवार्तामा ललितपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, महानगरपालिकाकां अन्तर्राष्ट्रिय सल्लाहकार मुकुन्द विष्टलगायतको उपस्थिति थियो ।

WhatsApp-Image-2024-12-19-at-08.52.34-1734580733.jpeg
 

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  ०९:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार