परराष्ट्रमन्त्री नयाँ दिल्लीमा, भोलि नेपाल-भारत आर्थिक सम्मेलनलाई सम्बोधन गर्ने

बिहीबार, पुस ४, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा आज भारतको नयाँ दिल्ली पुगेका छन् । उनी युरोपका केही कार्यक्रममा सहभागी भइ बुधबार जर्मनीको बर्लिनबाट नयाँ दिल्लीतर्फ आएकी हुन् । उनले भोलि नयाँ दिल्लीमा आयोजना हुने नेपाल भारत आर्थिक सम्मेलनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नेछिन् । त्यसपछि मन्त्री डा.राणाले नयाँ दिल्लीमा नियमित स्वास्थ्य परीक्षण गराउने कार्यक्रम रहेको छ । उनी सोमबार स्वदेश फर्कने कार्यक्रम छ । 

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  २०:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार