महानगर गौरव पुरस्कारबाट ६ जना पुरस्कृत

बिहीबार, पुस ४, २०८१
Global Ime Bank

ललितपुर । ललितपुर महानगरले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने ६ जनालाई पुरस्कृत गरेको छ । ललितपुर महानगरपालिकाको १०६ औं स्थापना दिवसका अवसरमा ललितपुर महानगर गौरब पुरस्कारद्वारा उनीहरुलाई सम्मानसहित पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेमा कला साहित्यतर्फ योगदान पु¥याउनु हुने प्रा. शिव गोपाल रिसाल, खेलकुद (कराते) तर्फ रामजी प्रसाद बज्राचार्य (मरणोपरान्त ), विपद व्यवस्थापनतर्फ नारायण महर्जनलाई पुरस्कृत गरिएको छ । यसैगरी वरिष्ठ कार्टुनिष्ट मोहन श्याम महर्जन, ललितपुर महानगरको असल अभ्यासलाई संचारमाध्यम मार्फत जनमानसमा पु¥याउनु हुने संचारकर्मी शिवहरि घिमिरे, वेवारिसे लास व्यवस्थापनमा काम गर्दै आएका विनयजंग बस्नेत छन् । उनीहरुलाई  महानगर प्रमुख चिरीबाबु महर्जनले जनही १ लाखसहित सम्मान पत्र दिएर पुरस्कृत गरे । यसैगरी स्थापना दिवसको अवसरमा उत्कृष्ट महानगर सेवा पुरस्कार जनस्वास्थ्य निरीक्षक डा.छविन्द्र गैरेलाई प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ । गैरेलाई नगद रु.५० हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो। यसैगरी अर्को संस्थागत सम्मान बेरुजु फर्छ्यौट सम्बन्धी कार्यमा उल्लेखनीय भूमिका निर्वाह गरी आ.व. २०७९÷८० मा १ प्रतिशत भन्दा कम बेरुजु कायम गराए वापत आर्थिक प्रशासन महाशाखालाई प्रदान गरिएको छ । यसका साथै संस्थागत सम्मान विपद व्यवस्थापन तथा उद्दार, सार्वजनिक सम्पति सुरक्षा एवम् संरक्षण, वातावरण  संरक्षण, बजार अनुगमन एवम् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, जात्रा, पर्व महोत्सव व्यवस्थापन लगायतका क्षेत्रमा उल्लेखनीय कार्य गरे वापत नगर प्रहरी बललाई प्रदान गरिएको छ । 
यसैक्रममा,महानगर सेवा पुरस्कारबाट वीरेन्द्र महर्जन–सचिव १८ नं. वडा कार्यालय, लव कार्की– इन्जिनियर सातौं, खानेपानी तथा ढल शाखा, मिना महर्जन–अधिकृत, आर्थिक प्रशासन महाशाखा, आशिष महर्जन–सूचनाप्रविधि अधिकृत, सूचना प्रविधि शाखा, मनोज चित्रकार–सहायक चौथो, १० नं. वडा कार्यालय, सेते पहरी–कार्यालय सहयोगी, कानुन महाशाखालाई प्रदान गरिएको छ । उक्त पुरस्कार प्राप्त गर्नेलाई नगदसहित प्रमाणपत्र दिइएको छ । 
यसैगरी १०६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा २५ वर्ष सेवा गरेका ४८ जना कर्मचारीलाई दीर्घ सेवा पदक र कदर पत्र प्रदान गरिएको छ । अनिवार्य अवकाश प्राप्त गरेका १९ जना कर्मचारीलाई पनि कदरपत्र प्रदान गरिएको छ । 
यसैगरी स्थापना दिवसको अवसरमा ललितपुर महानगर अन्तर्गत रहेका सामुदायिक विद्यालयहरु मध्ये मापदण्डका आधारमा सवैभन्दा बढी अङ्क ल्याउने विद्यालयहरुमा प्रथम हुने त्रिपद्य विद्याश्रम माध्यमिक विद्यालय पुल्चोकलाई ३ लाख ५० हजारसहित प्रमाण पत्र  प्रदान गरिएको छ । द्धितीय हुने प्रभात माध्यमिक विद्यालय त्यागललाई २ लाख पचास हजार र तृतीय हुने श्रमिक शान्ति माध्यमिक विद्यालय च्यासललाई एक लाख ५० हजार  प्रदान गरिएको छ । 
यस्तै महानगरको १०६ औं स्थापना दिवसको अवसरमा ललितपुर महानगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयहरु मध्ये सामाजिक लेखा परीक्षण र तोकिएको मापदण्डका आधारमा सबैभन्दा बढी अंक ल्याउने विद्यालयहरुलाई पुरस्कार र सम्मान प्रदान गरिएको छ ।  यस अन्तर्गत प्रथम हुने आदर्श शौल युवक माध्यमिक विद्यालय बुङमतीलाई ३ लाखसहित प्रमाणपत्र प्रदान गरिएको छ । द्धितीय हुुने महेन्द्र भृकुटी माध्यमिक विद्यालय एकान्तकुनालाई प्रमाणपत्र सहित २ लाख प्रदान गरिएको छ ।  महानगरपालिकामा आ.व. २०८०÷८१ मा सबैभन्दा बढी कर बुझाउने उत्कृष्ट करदाता (संस्थागत) तर्फ एनसेल एजियाटा लि. ललितपुर–१५, ललितपुर र व्यक्तिगततर्फ  अमृतरत्न शाक्य र रत्नदेवी शाक्य, ललितपुर–३, ललितपुरलाई सम्मान गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  २०:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार