सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगरपालिकाले उत्कृष्ट करदाताको रूपमा एनसेललाई सम्मान गरेको छ । गत आर्थिक वर्षमा संस्थागत तर्फ सबैभन्दा बढी कर योगदान गरेकोमा महानगरले आफ्नो १०६औं स्थापना दिवसको अवसरमा एनसेलललाई ललितपुर महानगरले सम्मान गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओली र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले संयुक्त रूपमा महानगरको १०६औं स्थापना दिवसको अवसरमा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभलाई सम्मानपत्र प्रदान गरेका हुन् । सबैभन्दा बढी कर तिरेर ललितपुर महानगरको विकास र समृद्धिमा योगदान पुर्याएकोले सम्मान गरिएको ललितपुर महानगरले जनाएको छ ।