सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बीपी कोइरालाको नाम लिएर आफूलाई मन लागेका कुराहरु भन्ने परिपाटी कांग्रेसमा विकसित भइरहेको बताएका छन् । शुक्रबार कैलाश कोइरालाद्वारा लिखित उपन्यास ‘शास्त्र’को विमोचन कार्यक्रममा बोल्दै उनले पार्टीभित्र नेताहरुले आफूलाई भन्न मन लागेको कुराहरु बीपीको नाम लिएर भन्ने गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । उनले भने, ‘हाम्रो पार्टीभित्र कसैलाई आफूलाई मन लागेको कुरा भन्नुप¥यो भने कहाँ गएर खोज्ने भने बीपीले यस्तो भन्नुभएको थियो भनेर सुरु गर्ने परिपाटी छ । तर बीपीले हामीमाझ आएर मैले यस्तो भनेको होइन भन्नुहुन्न । तर हामीलाई बीपीकै नाम लिएर सजिलोसँग उम्किने बाटो भएको छ ।’ त्यस्तै महामन्त्री थापाले नेपाली कांग्रेस पार्टीमा पछिल्लो समय कसैलाई संघीयता मन परेको छैन, कसैलाई संविधान मन नपरेको होला तर सबैलाई बीपीको नाम जोड्दा सजिलो भएको बताए । साथै उनले कांग्रेस पार्टी किन छ भनेर बुझ्न जरुरी रहको बताए । उनले पार्टीमा सक्रिय भइसकेपछि एकदुईवटा कुरा मात्र सोचेर बस्न नहुने बताए ।