एचपीभी डिएनए परीक्षण तथा पोष्टेड क्यान्सर सम्बन्धी निःशुल्क शिविरबारे अभिमुखीकरण सम्पन्न (भिडियो)

शुक्रबार, पुस ५, २०८१
Global Ime Bank

धापाखेल । ललितपुर महानगरपालिका २३ नं. वडा कार्यालय धापाखेलले भोलि शनिबार महिलाहरूका लागि एचपीभी डिएनए परीक्षण तथा पुरुषहरूका लागि पोष्टेडमा हुने क्यान्सर सम्बन्धी निःशुल्क शिविर आयोजना गर्दैछ । नेपाल क्यान्सर अस्पताल हरिसिद्धिसँगको सहकार्यमा आयोजना हुने शिविरका बारेमा शुक्रबार वडा कार्यालयमा अभिमुखीकरण कार्यक्रम गरिएको छ । अभिमुखीकरण कार्यक्रममा वडाअध्यक्ष जीवन महर्जन, वडासदस्यद्धय सानुमाया विक, किरण खड्का, वडा कार्यालयका सचिव महेन्द्र खड्का, सामाजिक परिचालक सावित्रा गौतमसहित वडा कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो । अभिुमुखीकरण कार्यक्रममा नेपाल क्यान्सर अस्पतालका चिकित्सक मुरारीमान श्रेष्ठ तथा सचिन राजभण्डारी तथा समाजसेवी स्वरुपा श्रेष्ठले एचपीभी डिएन परीक्षण तथा पोष्टेड क्यान्सरका बारेमा जानकारी गराउनु भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  २०:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार