सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर शाह सुडीले राष्ट्र निर्माणको प्रत्येक चरणमा महिलालाई समान सहभागिता गराउन आवश्यक रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित गहना बनाउने कार्यशालाका प्रशिक्षार्थीहरूकोएक समारोहलाई सम्बोधन गर्दै उनले आर्थिक रुपमा कमजोर र विपन्न महिलाको जीवनस्तर उकास्दैँ सीप तथा क्षमता विकास गर्न आवश्यक रहेको भन्दै १६ औं योजनाले पनि रुपान्तरणकारी रणनीति लिएको बताए । उनले भने, ‘सशक्तिकरणको माध्यमबाट महिलाको हक अधिकार सुनिश्चित गर्दै राष्ट्र निर्माणको प्रत्येक चरणमा समान सहभागिता गराउन, आर्थिक रुपमा कमजोर र विपन्न महिलाको जीवनस्तर उकास्दैँ सीप तथा क्षमता विकास गर्न आवश्यक छ । लैङ्गिक समानता नीति २०७७ को रणनीतिमा स्वरोजगार, रोजगार र उद्यमशिलताको एकीकृत कार्यक्रमका माध्यमबाट महिलाको आर्थिक सशक्तिकरण गर्ने रहेको छ भने १६ औं योजनाले पनि लैङ्गिक समानता, महिला सशक्तिकरण, सामाजिक न्याय र समावेशिकरणलाई स्थानियकरण गर्ने रुपान्तरणकारी रणनीति लिएको छ ।’ यस्तै, उनले महिलाको आर्थिक सशक्तिकरणका लागि यस्ता कार्यक्रमले प्रोत्साहन दिने भन्दै आगामी दिनमा मन्त्रालयबाट सबैलाई उचित व्यवस्था मिलाउन तत्पर रहने बताए । उनले भने, ‘महिलाको आर्थिक सशक्तिकरण गर्नको लागि यस संस्थाबाट विभिन्न कार्यक्रमहरु सञ्चालन गरेर महिलाको आत्मनिर्भरता बढाउन थप प्रोत्साहन मिलोस भन्ने कामना गर्न चाहन्छु र आगामी दिनमा हाम्रो मन्त्रालयबाट तपाईंहरुलाई उचित व्यवस्था मिलाउन तत्पर रहने छु ।’ सोही कार्यक्रममा नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले राजनीतिक एउटा सकारात्मक द्वन्द्व भएको बताए । उनले सकारात्मक राजनीतिले समाजमा सकारात्मकता फैलाउनुपर्ने बताएका हुन् । उनले भने, ‘राजनीतिक एउटा सकारात्मक द्वन्द्व हो । सकारात्मक द्वन्द्वले समाजमा सकारात्मकता ल्याउनुपर्छ । सम्पूर्ण जातजाती, भाषा, सम्पूर्ण धर्म वर्गका मन्छेहरुलाई राजनीतिले समेट्ने गरेको छ ।’ साथै उनले सांस्कृतिक पहिचानलाई झल्काउनुपर्ने बताए । उनले सानो उमेरदेखी देख्दै आएको हामीहरुको संस्कृति हराउन नहुने बताए ।