मिलान्था एनपीएलको सर्वाधिक रन बनाउने खेलाडी

शनिबार, पुस ६, २०८१
Global Ime Bank

काठमाडौँ । जनकपुर बोल्ट्सका लाहिरु मिलान्था नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो सिजनमा उच्च स्कोरर बनेका छन् । फाइनलमा सुदूरपश्चिम रोयल्सविरुद्ध निर्णायक इनिङ्स खेलेपछि मिलान्थाले रबि बोपारा, रोहित पौडेललाई उछिनेका हुन् ।
फाइनलको दोस्रो इनिङ्स अगाडि सर्वाधिक रन बनाउनेमा मिलान्थाभन्दा माथि चितवन राइनोजका बोपारा, लुम्बिनी लायन्सका कप्तान रोहित, सुदूरपश्चिमका सैफ जैब, जनकपुरकै जिम्मी निशम र सुदूरपश्चिमका विनोद भण्डारी अगाडि थिए ।
बोपाराले ८ खेलमा २ सय ८६ रन बनाएका थिए । उनको टोली चितवन इलिमिनेटरमा कर्णाली याक्ससँग पराजित भएको थियो । अंक तालिकाको पुछारमा रहेको लुम्बिनीबाट रोहितले ७ खेलमा २ सय ७९ रन बनाएका थिए । फाइनलको इनिङ्सले जैबको कुल स्कोर २ सय ७५, विनोदको स्कोर ३५ रनमा पुर्‍याएको थियो ।
फाइनलअघि मिलान्थाको २ सय ६ रन थियो । फाइनलमा ४९ बलमा ८७ रन बनाएपछि मिलान्था २ सय ९३ रनसहित एनपीएलको सर्वाधिक रनकर्ता बनेका हुन् । मिलान्थाले एनपीएलको पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ५३ बलमा अविजित ७५ रन बनाएका थिए । मिलान्थाले १३० माथिको स्ट्राइक रेटमा सो रन बनाएका हुन् ।

प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  १९:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार