उग्रचण्डी कप बुद्धिचाल श्रीकृष्ण मानन्धरले जिते 

शनिबार, पुस ६, २०८१
Global Ime Bank

काभ्रे । उग्रचण्डी माध्यमिक विद्यालय र काभ्रे जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा एकदिने उग्रचण्डी कप रापिड बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ ।  काभ्रे जिल्लाका १८०० रेटिङ्ग मुनिको प्रथम जिल्ला स्तरीय ६ चरण खेलमा सबै प्रतिस्पर्धीलाई पराजित गर्दै श्रीकृष्ण मानन्धर विजेता बनेका हुन् । श्रीकृष्णले विजेता बनेसँगै ट्रफि, नगद , मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।  बनेपाको नालास्थित उग्रचण्डी वोर्डिङ्ग स्कुल प्राङ्गणमा सम्पन्न उक्त प्रतिस्पर्धामा ६ जना खेलाडीले समान ५ अंक प्राप्त गर्दै क्रमशः श्याम मानन्धर द्वितीय , प्रेम खड्का तृतीय, शन्तलाल श्रेष्ठ चौथो, देवकृष्ण श्रेष्ठ पाँचौ, अञ्जन श्रेष्ठ छैटौं र धर्क सिं तामाङ सातौं स्थानमा रहदै पुरस्कार हात पार्न सफल भएका छन् ।  काभ्रे जिल्लाका ७८ जना खेलाडीको सहभागीता रहेको प्रतियोगितामा विधागत तर्फ उत्कृष्ट युवा १२ आदित्य बमजन प्रथम, सगर्भ न्यौपाने द्वितीय, उत्कृष्ट  युवा १४ वर्षमा विनेश श्रेष्ठ प्रथम, सिदेन प्रजापति द्वितीय र उत्कृष्ट युवा १६ वर्षमा आर्यन वादे प्रथम , प्रजिल मानन्धर द्वितीय बन्दै पुरस्कार प्राप्त गरे ।  यसैगरी उत्कृष्ट छात्रातर्फ कृपा पौडेलले प्रथम स्थान हात पारिन भने आरती थापाले द्वितीय स्थानमा रहेर प्रतियोगिता अन्त्य गरेकी छिन् । राइजिङ्ग स्टारका रुपमा आर्यस गिरिले सान्त्वना पुरस्कार जितेकी छन् ।  काभ्रे जिल्ला बुद्धिचाल संघका अध्यक्ष एवं महासंघका पूर्वमहासचिव रघुवर चौ प्रधानको सभापतित्वमा सम्पन्न समापन समारोहमा प्रमुख अतिथि चेस महासंघका महासचिव धरम बहादुर लामाले विजेतालाई नगद २० हजारसहित पुरस्कृत गरेका थिए ।  पुरस्कार वितरण समारोहमा बनेपा नगरपालिका वडा नं ४ का अध्यक्ष श्याम शुन्दर श्रेष्ठ, प्रधानअध्यापक सानु रोक्का क्षेत्री (बोधिकेश), महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाट, सचिवालय सदस्य निरञ्जन प्रजापति, प्रमुख निर्णायक एनए प्रकाश मानन्धर लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिता अर्को वर्ष पनि निरन्तर हुने भएको छ ।

ugra-1734789247.jpg
 

प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  १९:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार