स्वास्थ्य वडा बनाउने अभियानमा ललितपुर महानगर २३ नं. वडा

एचपीभी डिएनए परीक्षण तथा पोष्टेड क्यान्सर परीक्षण सम्बन्धी निःशुल्क शिविर सम्पन्न
आइतबार, पुस ७, २०८१
Global Ime Bank

धापाखेल । ललितपुर महानगरपालिका २३ नं. वडा कार्यालय धापाखेलले हिजो शनिबार महिलाहरूका लागि एचपीभी डिएनए परीक्षण तथा पुरुषहरूका लागि पोष्टेडमा हुने क्यान्सर परीक्षण सम्बन्धी निःशुल्क शिविर सम्पन्न गरेको छ । महानगर २३ नं. वडाको वडा स्वास्थ्य कार्यान्वयन समितिले नेपाल क्यान्सर अस्पताल हरिसिद्धिसँगको सहकार्यमा शिविर आयोजना गरेको हो । उक्त शिविरमा करिब ४ सय वडावासीले सेवा लिएका थिए । तीमध्य एचपीभी डिएनएको सेवा लिने महिलाको संख्या २२५ रहेको थियो भयो पोष्टेड क्यान्सर परीक्षणको सेवा लिने १७५ पुरुष रहेका थिए । ललितपुर महानगर २३ नं. वडा कार्यालयको आ.व २०८१-८२ को स्वास्थ्य तथा पोषण उपक्षेत्र अन्तर्गत विनियोजित बजेटबाट महिलाहरूका लागि एचपीभी डिएनए परीक्षण तथा पुरुषहरूका लागि पोष्टेडमा हुने क्यान्सर परीक्षण सम्बन्धी निःशुल्क शिविर सम्पन्न गरिएको हो । वडा भित्र स्थायी रुपमा बसोबास गरेका ४० वर्ष माथिका इच्छुक महिला–पुरुष वडावासीहरूलाई उपस्थिति भएर परीक्षण गराई स्वास्थ्य लाभ लिन वडा कार्यालयले  सूचना प्रकाशित गरी सूचित गरेको थियो । वडा कार्यालयको सूचनाअनुसार उल्लेख्य मात्रामा वडावासी शिविरमा उपस्थित भएका थिए । 

471190917_588597813755684_1395783440514463054_n-1734830629.jpg
शिविरमा सहभागी भएर स्वास्थ्य परीक्षण गराएका वडावासीले महँगो शुल्क तिनुपर्ने परीक्षण निःशुल्क गराएको भन्दै वडा कार्यालयललाई धन्यवाद दिँदै महानगरका २९ वटा मध्येमा २३ नं. वडाले स्वास्थ्यका क्षाेत्रमा नमूना तथा उत्कृष्ठ काम गरेको भन्दै जनप्रतिनिधिलाई धन्यवाद दिएका थिए । शिविरमा वडाअध्यक्ष जीवन महर्जन, वडासदस्यहरूसानुमाया विक, मधु श्रेष्ठ सिंह ठकुरी, राजन मल्ल ठकुरा, वडा सचिव महेन्द्र खड्का, सामाजिक परिचालक सावित्रा गौतम, दिनेश मण्डलले स्वास्थ्य परीक्षण गराउन आएका वडावासीलाई स्वास्थ्य परीक्षणका लागि सहजीकरण गर्नु भएको थियो । 

470503336_588597807089018_2272458455906029130_n-1734830693.jpg
ललितपुर महानगर २३ नं. वडा कार्यालयले वडावासीको स्वास्थ्यलाई ख्याल गरेर स्वास्थ्य सम्बन्धी विविध कार्यक्रम गर्दै आएको छ । वडा कार्यालयले गत वर्षदेखि ६८ वर्ष माथिका सुगर र प्रेसरका बिरामीहरूलाई निःशुल्क औषधि वितरण कार्यको थालनी गरेको थियो । त्यो अभियानमा एकल महिला पनि समेटिएका छन् । टोल टोलमा गएर वडावासीको सुगर र प्रेसर परीक्षण गर्ने कार्य पनि वडा कार्यालयले गरिरहेको छ । 
अस्ति शुक्रबार वडा कार्यालयले शिविरका बारेमा जनप्रतिनिधि, वडाका कर्मचारी, महिला स्वास्थ्य स्वयम् सेविका, टोल हेल्थ प्रमोटर (टिएचपी) तथा वडावासीलाई सहभागी गराएर नेपाल क्यान्सर अस्पतालका चिकित्सक टोली बोलाएर अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको थियो । 

 470492143_588597953755670_4695930337043382639_n-1734830694.jpg
470492636_588774070404725_4091053414200129508_n-1734830696.jpg
 

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  ०७:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार