सडक पेटीमा फोहोर पानी फालेको भन्दै १५ हजार जरिवाना

आइतबार, पुस ७, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । काठमाडौं महानगर प्रहरी बलले सडक पेटीमा फोहोर पानी फाल्ने एक जनालाई १५ हजार रुपैयाँ जरिवाना गरेको छ । महानगरपालिकाको ४ नम्बर वडाको सडक पेटीमा फोहोर पानी फालेको भन्दै निरज न्यौपानेलाई जरिवाना गरेको हो । काठमाडौं महानगरपालिकाले जथाभावी फोहोर गर्नेलाई प्रशासनिक दण्ड, जरिवाना अन्तर्गत जरिवाना गर्दै आएको छ । पछिल्लो समय जथाभावी फोहोर फाल्ने, खुल्ला स्थानमा आगो बाल्ने, सडकमा खाल्डो खन्ने, पोल, सार्वजनिक भित्तामा विज्ञापन टाँस्ने लगायत कुरामा महानगर प्रहरीले निगरानी गर्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १५:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार