२७ करोड रुपैयाँको स्रोत नखुलेपछि रबि लामिछानेविरुद्ध सम्पति शुद्धिकरणको मुद्दा

आइतबार, पुस ७, २०८१
मयुर प्लाई
Global Ime Bank

पोखरा । पूर्व गृहमन्त्री एवम् सांसद रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको देखिएको छ । हाल कास्की प्रहरी हिरासतमा रहेका लामिछानेको २७ करोड रुपैयाँ स्रोत नखुलेपछि सम्पति शुद्धिकरणको मुद्धा दर्ता गरिएको छ । सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेविरूद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर भएको छ । लामिछानेविरूद्ध सम्पत्ति शुद्धीकरणसँगै सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्माले दिएको जानकारीअनुसार सम्पत्ति शुद्धीकरणमा मात्रै २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँको स्रोत नखुलेको मुद्धा दायर गरिएको हो । 

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  २०:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार