सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । ललितपुर महानगरपालिकामा छैटौँ मेयर कप अन्तर वडास्तरीय टेबल टेनिस प्रतियोगिता आयोजना हुने भएको छ। महानगरपालिका–९ वडाको आयोजनामा १० देखि १५ पुससम्म उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो । टेबल टेनिस मूल समारोह समितिले आइतबार पत्रकार सम्मेलन गर्दै सो प्रतियोगिताबारे जानकारी दिएको हो । महानगरका २९ वडामध्ये २३ वटा वडाबाट ६३७ जना खेलाडी प्रतियोगितामा भाग लिँदै छन्। उनीहरूबिच १६ वटा विधामा प्रतिस्पर्धा हुने महानगरपालिका–९ का वडाध्यक्ष राजु महर्जनले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको सबै विधामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। आयोजकले खेलको सबै व्यवस्थापनको लागि २१ लाख ८३ हजार रुपैयाँ छुट्याएको छ।