सामाजिक अभियन्ता सुनिता दनुवारको निधन

सोमबार, पुस ८, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं ।  मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ ।  आज बिहान ५ बजे जोरपाटीस्थित निवासमा सुतेकै स्थानमा उनी अचेत अवस्थामा फेला फेला परेकी हुन् । अचेत अवस्थामा फेला परेकी उनलाई नेपाल मेडिकल कलेज जोरपाटी पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको मृत्युको कारण खुल्न भने बाँकी छ । सुनिता मानव बेचबिखनबाट प्रभावित महिलाहरुको अगुवाइमा स्थापित शक्ति समूहकी अध्यक्षसमेत हुन् । उनलाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ता (नेता)को सूचीमा राखेको थियो ।  दनुवारलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘टिप हिरो’ को रूपमा सम्मान समेत गरेको थियो।

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १२:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार