‘शार्क ट्यांक नेपाल’ अब हिमालय टिभीमा 

सोमबार, पुस ८, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । उद्यमीहरूमाझ चर्चित टेलिभिजन कार्यक्रम ‘शार्क ट्याङ्क’ को नेपाली संस्करण हिमालय टिभीमा आउने भएको छ । सोमबार हिमालय टिभीले विशेष कार्यक्रमको आयोजना गर्दै ‘शार्क ट्यांक नेपाल’को औपचारिक घोषणा गरेको हो । सो अवसरमा पाँचजना शार्क ९निर्णायक० घोषणा भएका छन् । बेलायती टिभी कार्यक्रम ‘शार्क ट्यांक’बाट इजाजत लिएर हिमालय टिभीले नेपाल संस्करण ल्याउन लागेको हो । शोलाई ‘हिमालय रोडिज’ फेम्ड सिमोस सुनुवारले निर्देशन गर्नेछन् । एउटा एपिसोडमा पाँच जना उद्यमी गरेर कुल २० एपिसोडमा एकसय जना उद्यमीले आफ्नो व्यवसाय र उद्यमशीलताको आइडिया पिच गर्नेछन् । शोमार्फत ३५ देखि ४० करोड रुपैयाँ लगानी उद्यमीलाई जुटाइने छ । हिमालय टिभीमा आगामी तीन महिनाभित्र प्रसारणको अपेक्षा राखिएको कार्यक्रमको छायांकन फागुनदेखि गर्ने तयारी छ । कार्यक्रमको छायांकन नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा हुनेछ । शीघ्र प्रसारण हुन्छ भन्दै २०२२ मै यस कार्यक्रमको घोषणा गरिएको थियो । तर, घोषणा गरेको दुई वर्षसम्म कार्यक्रम प्रसारणमा आउन सकेको थिएन । नवीनता, उद्यमशीलता र लगानीलाई प्रवर्द्धन गर्ने उद्देश्यले चर्चित यो प्लेटफर्म भारत, पाकिस्तान, बंगलादेशमा समेत लोकप्रिय छ ।

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १४:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार