सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेका सांसद पद निलम्बनमा परेको छ । संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले लामिछानेको सांसद पद निलम्बनमा परेको सूचना निकालेका छन् । सहकारी ठगी सहित सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेका सांसद पद निलम्बनमा परेको छ । संसद सचिवालयका महासचिव पाण्डेयले लामिछानेको सांसद पद निलम्बनमा परेको सूचना निकालेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजै उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ । सोमबार बसेको रास्वपा सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति अर्याललाई दिने निर्णय गरेको हो ।