कांग्रेसभित्र गुट फस्टाउने अवसर सभापतिले नै दिइरहनुभएको छ : डा.कोइराला

सोमबार, पुस ८, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले कांग्रेसभित्र विचलन रहेकाले यसलाई सभापतिले व्यवस्थापन गर्नुपर्ने बताएका छन् । काठमाडौंमा सोमबार कृष्णप्रसाद भट्टराईको १०१ औं जन्म जयन्तीको अवसरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले हाल पार्टीभित्र गुट फस्टाउने अवसर पनि हालका पार्टी सभापति शेरबहादुर देउवाबाट नै भएको बताए । ‘यतिबेला पार्टीमा विचलन छ । यसलाई स्विकार गर्नुपर्छ । यस्तोबेल सभापतिज्यूले केही सुुन्दै नसुन्ने हो भने अप्ठयारो पर्छ । राजनीति गर्नेहरुलाई अप्ठयारो पर्छ । हामीले बुझ्न जरुरी छ । इतिहासकारहरुले पनि यो बुझ्नुपर्छ,’ उनले अगाडि भने,‘यसलाई व्यवस्थापन कसले गर्ने भन्दा किशुनजी (कृष्ण प्रसाद भट्टराई ) कै अनुयायी अहिलेका आदरणीय सभापतिले गर्ने हो । गुटलाई फस्टाउने अवसर उहाँले सिर्जना गरिरहनुभएको छ । यस्तोबेला परिस्थिति अफ्ठ्यारो हुँदो रहेछ ।’

Photo-(16)-(9)-1734961545.jpg
डा.कोइरालाले अहिले जसरी देशको राजनीतिक परिस्थिती अगाडि बढेको छ यस्तो अवस्थामा किसुनजी, बीपी कोइराला, गणेशमान सिंह र अन्य नेताहरुले के भूमिका खेल्नुहुन्थ्यो होला भन्ने अनुमान लगाउन मन लाग्ने बताए । उनले प्रजातन्त्रका सामान्य कुराहरु नेपाली काङ्ग्रेसले नछाडिकन अगाडि बढ्न सक्नुपर्ने बताए । 

Photo-(1)-(35)-1734961545.jpg
 

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १९:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार