म्याग्दीको बुक्लामा टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु

बिहीबार, पुस ११, २०८१
मयुर प्लाई
Global Ime Bank

 म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–४ बुक्लमा आज टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक भारतको उत्तर प्रदेश घर भएका ३३ वर्षका दशरथ यादब र सहचालक भारतको मध्यप्रदेशका ४० वर्षका सत्रुधन रजक छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलका अनुसार उनीहरुको घटनास्थलमा मृत्यु भएको हो । निर्माणधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नं २ को सुरुङ जाने सडकबाट टिपर खस्दा दुर्घटना भएको प्रहरीको भनाइ छ ।  बिपी २– ए ७५६८ नम्बरको ट्रिपर सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । प्रहरी निरीक्षक पौडेलका अनुसार गएराति करिब १ बजेदेखि काम गर्ने कार्य क्षेत्रबाटै बेपत्ता भएका उनीहरु आज बिहान खोजतलास गर्ने क्रममा दुर्घटनामा परेर मृत्यु भएको अवस्थामा भेटिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरी र जलविद्युत् आयोजना काम मजदुरको सहायताले दुर्घटना ग्रस्त ठाउँबाट शवलाई बाहिर निकालिएको छ । नेपालविद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनामा भारतीय कम्पनी जयप्रकाश एसोसियट्स (जेपी) सिभिल ठेकेदार निर्माण गरिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १५:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार