कास्की अदालतमा रवि लामिछानेको बयान थालियो

बिहीबार, पुस ११, २०८१
मयुर प्लाई
Global Ime Bank

पोखरा । कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सुरु भएको छ । पोखराको सूर्यदर्शन सहकारीमा भएको रकम अपचलनसम्बन्धी दायर मुद्दामा उनको बयान सुरु भएको हो । सोही प्रकरणमा मुछिएकी लिला पछाईंको बयान सकाएर रविको सुरु भएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । सोमबार र मंगलबार पूर्वडीआईजी समेत रहेका गोरखा मिडियाका सञ्चालक छविलाल जोशीको बयान भएको थियो । त्यसपछि लिलाको बयान सकाइएको हो । हिजो (बुधबार) क्रिसमस बिदा परेकाले मंगलबारदेखि बाँकी पछाईंकै बयान सकेर आज अबेर रविको बयान सुरु भएको हो । बिहीबार सूर्यदर्शन सहकारी अपचलनमा मुद्दा दायर भएका ७ जनालाई अदालत उपस्थित गराइएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १६:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार