गोदावरीका जनप्रतिनिधि स्याङजाको वालिङमा

  फोहोर व्यवस्थापनको तरीका साेधखोज गर्दै 
बिहीबार, पुस ११, २०८१
मयुर प्लाई
Global Ime Bank

ललितपुर : स्याङजाको वालिङ नगरपालिकाको फोहोर व्यवस्थापनको असल र अनुकरणीय अभ्यासको अवलोकन र अध्ययनका गर्न गोदावरी नगरपालिकाका जनप्रतिनिधि त्यस तर्फ गएका छन् । वालिङ नगरपालिकाले फोहोर व्यवस्थापनका लागि सरसफाई केन्द्र स्थापना गरेर वालिङ नगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आएको छ । नगरपालिकाले फोहोरमैलाको उचित व्यवस्थापन गरेर आम्दानीको स्रोतमा रुपान्तरण गरेसँगै देशका विभिन्न पालिका र फोहोर मैलाको क्षेत्रमा काम गर्ने संघसंस्था अध्ययन र अवलोकनका लागि वालिङ जाने गरेका छन् । वालिङ नगरपालिकाले उपलब्ध गराएको तथ्याड अनुसार हालम्म नगरपालिका, गाउँपालिका र फोहोर व्यवस्थापनको क्षेत्रमा काम गर्ने एक हजार भन्दा धेरै संघसंस्थाले अध्ययन अवलोकन गरिसकेका छन् । गण्डकी प्रदेशको वालिङ नगरपालिका अहिले फोहोर व्यवस्थापनको लागि सिकाई केन्द्र जस्तै बनेको छ । 
आफ्नो प्रतिनिधिमण्डलसहित वालिङ पुगेका गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले गोदावरी नगरपालिकाले दिसाजन्य लेदो व्यवस्थापनका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको बताए । उनले भने, ‘ अब हामी यो काम छिट्टै सुरु गर्दैछौं, त्यसका लागि वालिङको अभ्यास हेर्न आयौँ । ’ वालिङले अन्य प्रकृतिका फोहोरको व्यवस्थापन पनि उत्कृष्ट तरीकाले गरेको बताउँदै भने, ‘फोहोर व्यवस्थापनको सिकाइको लागि हाम्रो यो भ्रमण फलदायी र उपलब्धिमूलक हुनेछ । ’ waling-1-1735217480.jpg

वालिङ  नगरको वडामा गठन गरिएको उपसमितिले आ आफ्नो टोलमा कुहिने र नकुहिने फोहोर वर्गीकरण गर्छन् । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोगमा नगरका १४ वटै वडामा सरसफाइकर्मी नियुक्त गरी सरसफाईको काम अघि बढाइएको थियो । नगरपालिका र गैरसरकारी संस्थाबीच फोहोरमैला व्यवस्थापनको चारखम्बे अवधारणा अनुसार सम्झौता भई  फोहोर सकलनको काम सुरु भएको थियो । चारवर्षे सम्झौता सकिएपछि अहिले नगरपालिकाले नै फोहोर व्यवस्थापना गरिरहेको छ । 

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १८:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार