सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । नेपाली कांग्रेस ललितपुर महानगरपालिका वडा नं. १४ कार्यसमितिले नखिपोटमा आज निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । सन्त नेता कृष्ण प्रसाद भट्टराईको १०१ औं जन्म जयन्ती र १०० दिने विशेष अभियानको अवसरमा कांग्रेस महानगरवडा नं. १४ कार्यसमितिले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । प्रिसिजन डाईनोस्टिकको सहकार्यमा भएको शिविरमा नाक, कान, घाँटी, मधुमेह, प्रेसरलगायतका समस्याहरुको चेकजाँच गरिएको हो । स्वास्थ्य शिविरको उद्घाटन समारोहमा मन्तव्य राख्दै नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्र कुमार श्रेष्ठले यो रचनात्मक काम भएको बताए । उनले यस्ता कार्यहरूले नेपाली कांग्रेस मत माग्ने मात्रै हैन, जनताको सरोकारसँग पनि प्रत्यक्ष रुपमा जोडिन्छ भन्ने पुष्टि गरेको बताए । उनले विपदका समयमा पनि पार्टीका साथीहरूले उत्कृष्ट काम गरेको भन्दै योगदानको प्रशंसा गरे । वडा अध्यक्ष तथा पार्टीका वडासभापति अमृतजंग महतले व्यक्तिका खराब कामका कारण पार्टीमा बितृष्णा बढ्दै गएको अवस्थामा सुधार गर्दै नागरिक, समाज र पार्टीलाई एकताबद्ध गराउने अभिप्रायले यो सामाजिक काम गरेको बताए । उनले वडा तहमा पार्टीलाई सुदृढीकरण गरेर संगठन राम्रो बनाउने बताए । शिविर बिहान ८ देखि दिउँसो १ बजेसम्म सञ्चालन भएको थियो ।