दुई तिहाइको सरकारले जनतालाई झुटो आश्वासन बाँड्यो : बालेन

शुक्रबार, पुस १२, २०८१
मयुर प्लाई

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह(बालेन)ले अहिले दुई तिहाइको सरकार भएपनि केही काम गर्न नसकेको बताएका छन् । काठमाडौंमा शुक्रबार आयोजित प्रथम कोटेश्वर महोत्सव–२०८१ उद्घाटन समारोहमा बोल्दै उनले ५० औं वर्षदेखि जग्गाको समस्याका कारण मुआब्जा नपाएको भन्दै सरकारले काम प्रकृयामा छ भनेर झुटो आश्वासन मात्र देखाएको बताए ।  उनले भने, ‘५० औं वर्षदेखि जग्गाको समस्या समाधान भएको छैन् । त्यही कारण मुआब्जा प्राप्त भएको छैन् । यसपाली त बहुमत भएको दुई तिहाईको सरकार छ । त्यही पनि केही गरेको छैन् । कोही नेताले तपाईंहरुको काम प्रकृयामा छ । काम हुँदैछ भनेर आश्वासन दिन आउनुभएको छ भने नपत्याउनु होला । कुनै प्रोसेस भएको छैन्  । केही काम भएको छैन् ।’ उनले सरकारले व्यक्तिको जग्गा लुटेर राखेको भन्दै अहिले सरकारमा प्रधानमन्त्री,  गृहमन्त्रीदेखि अर्थमन्त्रीसम्म आफ्नै हुँदा पनि काम भएन भने कहिल्यै नहुने बताए ।  उनले भने,‘सरकारले व्यक्तिको जग्गा लुटेर राखेको छ । यसको मुआब्जा दिन कुनै पनि प्रोसेस भएको छैन् । अहिलेको दुई तिहाईको सरकारले चाहेमा जे पनि गर्न सक्छ । गृहमन्त्री आफ्नै ,अर्थमन्त्री आफ्नै, पैसा आफ्नै, स्रोत साधन आफ्नै, सबै आफ्नै, अझ वडा समिति पनि आफ्नै छ । अहिले पनि यो काम भएन भने कहिले पनि हुँदैन् ।’

Photo-(18)-1735295664.jpg
Photo-(16)-1735295668.jpg
Photo-(12)-(1)-1735295673.jpg
 

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १६:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार