पीएल सिंह सबैलाई सरल व्यवहार गर्ने व्यक्ति हुनुहुन्थ्यो : मन्त्री पौडेल

शनिबार, पुस १३, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले दिवंगत कांग्रेस नेता पीएल सिंह पार्टीमा सबैलाई सरल व्यवहार गर्ने व्यक्ति भएको बताएका छन् । शनिबार प्रजातान्त्रिक योद्धा स्वर्गीय पिएल सिंहको १३ औँ पूण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै उनले सिंहले पार्टीका मान्छे सबैलाई परिवारका सदस्यजस्तै मान्ने गरेको बताएका हुन् ।
उनले भने, ‘पीएल दाई असाध्यै उदार हुनुहुन्थ्यो जस्तो लाग्छ मलाई । पार्टीका मान्छे सबैलाई परिवारका सदस्यजस्तै मान्नुहुन्थ्यो । सरल व्यवहार गर्ने खालको हुनुहुन्थ्यो ।’ साथै उनले सिंह काठमाडौं महानगरको मेयर भइसकेपछि नेवार भाषालाई चलन चल्तीको भाषा बनाएको बताए । उनले काठमाडौं महानगरको कोषलाई सबैसँग समन्वय गरेर त्यसको आकार समेत बढाएको बताए । 
उनले भने,‘काठमाडौं महानगरपालिकाको मेयर भइसकेपछि उहाँले नेवारी भाषालाई चलनचल्तीको भाषा बनाउनुभयो । काठमाडौं महानगरको कोषलाई उहाँले  दुनियाँसामु समन्वय गरेर त्यसको आकार बढाउनुभयो । महानगर बनाउनुभयो । करिडोरहरु उहाँले सबै सुरु गर्नु भएको हो ।’ उनले काठमाडौंको रितीतिथि, संस्कृति र मन्दिर सबैलाई महानगरबाट सहयोग हुने नीतिगत व्यवस्था समेत पीएल सिंहले गरेको बताए ।
 

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  २०:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार