सोसल मिडिया
Contact Us
युनिकोड
चीन । चीनले आफ्नो आन्तरिक माग बढाउन र उच्च–स्तरीय खुलापनको दिशा प्रगति गर्न २०२५ को जनवरी १ देखि केही वस्तुहरूको आयात दर र सूचीमा समायोजन गर्ने घोषणा गरेको छ । चीनको राज्य परिषद अन्तर्गतको कस्टम्स ट्यारिफ कमिसनले शनिबार जारी गरेको बयानका अनुसार आगामी वर्षमा ९३५ प्रकारका वस्तुहरूमा अस्थायी आयात ट्यारिफ लागू गरिनेछ । यस योजनाले ‘गुणस्तरीय उत्पादनहरूको आयात बढाउन मद्दत पुर्याउने’ अपेक्षा गरिएको छ । वैज्ञानिक र प्राविधिक नवप्रवर्तनद्वारा नेतृत्व गरिएका नयाँ गुणस्तरीय उत्पादनशक्तिहरूको विकासलाई समर्थन गर्न केही वस्तुहरूको आयात ट्यारिफ घटाइने कमिसनले जनाएको छ । यसमा साइक्लोओलेफिन पोलिमरहरू, एथिलिन–विनाइल अल्कोहल कापोलिमरहरू, र विशेष उद्देश्यका गाडीहरू जस्तै दमकल र मर्मत गाडीहरूको लागि स्वचालित ट्रान्समिशनहरूको आयात ट्यारिफ समावेश छन् । यसैगरी, जनताको जीवनस्तर सुधार गर्नको लागि, औषधिको लागि सोडियम जिरकोनियम सायक्लोसिलिकेट, क्यार–टी ट्युमर थेरापीको लागि भाइरल भेक्टरहरू, र शल्यक्रिया इम्प्लान्टहरूको लागि निकल–टाइटेनियम अलॉय तारहरूको आयात ट्यारिफ पनि घटाइनेछ । हरित र निम्न–कार्बन विकासलाई प्रवर्धन गर्न, एथेन र केही पुनःचक्रित तामा र एल्युमिनियम कच्चा सामग्रीहरूको आयात ट्यारिफ पनि घटाइनेछ । चीनले २०२५ मा ३४ देश वा क्षेत्रबाट आयात गरिएका केही वस्तुहरूमा सहमति भएका ट्यारिफ दरहरू लागू गर्ने भएको छ । जुन २४ वटा मुक्त व्यापार सम्झौताहरू र प्राथमिक व्यापार व्यवस्था अन्तर्गत हुनेछन् । चीनले आफ्ना ४३ वटै कम विकसित देशहरूसँगको कूटनीतिक सम्बन्धका आधारमा, यी मुलुकबाट आयात गरिएका वस्तुहरूमा शून्य आयात ट्यारिफ लागू गर्नेछ । चिनियाँ समाजिक विज्ञान प्रतिष्ठानअन्तर्गत विश्व अर्थशास्त्र र राजनीति संस्थाका अनुसन्धान सहयोगी गाओ लिङयुनका अनुसार, “वैश्विक मुक्त व्यापार क्षेत्रको सञ्जाल सक्रिय रूपमा निर्माण गर्नु भनेको हाम्रो बहुपक्षीय व्यापार प्रणाली र विश्व व्यापार संगठनका नियमहरूको पालन गर्नको लागि प्रतिबद्धता हो । हामी संसारलाई वैश्वीकरण र बहुपक्षीयतामा थप प्रगति गराउन प्रोत्साहित गर्नेछौं ।’