सेता गणेश महिला समूहले सम्पन्न गर्‍यो चौथो वार्षिक साधारण सभा 

सोमबार, पुस १५, २०८१
मयुर प्लाई
Global Ime Bank

धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २४ नं. वडा धापाखेलमा रहेको सेता गणेश महिला समूहले आफ्नो चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । लपुमनपा २४ नं. वडाका वडाअध्यक्ष दिनेश जंग पाण्डे प्रमुख अतिथि तथा महिला वडा सदस्य इन्द्रा श्रीश, दलित महिला वडा सदस्य निशा मालबुल, वडा सदस्य हरिकृष्ण महर्जनलाई विशेष अतिथि बनाएर उक्त समूहले वार्षिक साधारण सभा सम्पन्न गरेको हो । 
२०७३ सालमा स्थापना भएको उक्त समूहमा ४१ जना सदस्य रहेका छन् । सदस्यहरुबाट मासिक २ सय रुपैयाँका दरले बचत संकलन गर्दै आएको छ । संकलित बचत समूहका सदस्यहरुलाई न्यून ब्याजदरमा बिना धितो ऋण लगानी गर्दै आएको छ ।

WhatsApp-Image-2024-12-30-at-07.35.00-(1)-1735523609.jpeg
समूहकी सल्लाहकार सीता रोक्काको अध्यक्षतामा आयोजित सभामा कोषाध्यक्ष सीता रोक्का नेपालीले स्वागत मन्तव्य तथा समूहको वार्षिक आय व्यय विवरण पेश गरेकी थिइन् । समूहकी सचिव सावित्री रोक्काले समूहको वार्षिक प्रतिवेदन पेश गरेको समारोहमा प्रमुख अतिथि वडाअध्यक्ष दिनेश जंग पाण्डेले महिला समूहहरुलाई टोलमा हुने सामाजिक गतिविधिमा सक्रिय रुपमा लाग्न आह्वान गर्नुभयो । उहाँले महिला समूहहरुको सक्रियताले टोलमा सरसफाइलगायतका कार्यहरु भइरहेको जनाउँदै वडा कार्यालयले पनि महिला सक्रियता बढाउन थप कार्यक्रमहरु ल्याएको बताउनुभयो ।

WhatsApp-Image-2024-12-30-at-07.35.00-1735523614.jpeg
वार्षिक साधारण सभामा महिला वडासदस्य इन्द्रा श्रीशले महिला समूहका पदाधिकारीहरुले सिक्ने सिकाउने कुरामा कहिल्यै पछि पर्न नहुनेमा जोड दिँदै समूह व्यवस्थापनका विषयमा प्रकाश पार्नुभयो । वडासदस्य तथा समूहकी सल्लाहकाकार निशा मालबुलले समूहको बारेमामा प्रकाश पार्नु भएको थियो ।
सामाजिक, सांस्कृतिक पृष्ठभूमिमा एक्यवद्धता सहिष्णुता र सदभावलाई संरक्षण र प्रवद्र्धन गर्ने तथा ऋण परिचालनबाट महिलाहरुको आर्थिक क्षमता वृद्धि गर्ने शिक्षा, स्वास्थ्य र रोजगारीमा महिलाको पहुँच स्थापित गर्ने महिलाप्रतिको दृष्टिकोणलाई सकारात्मक बनाइ सामाजिक कार्य गर्न र उद्यमशीलताको विकासको माध्यमबाट आत्मनिर्भर बन्न सेता गणेश महिला समूह गठन भएको हो । गत वर्षको नारी दिवसका अवसरमा यो समूहलाई वडा कार्यालयले दोस्रो पुरस्कारबाट सम्मानित गरेको थियो ।  समूहले स्थापनाकालदेखि नै सामाजिक क्षेत्रमा विभिन्न सेवामूलक कार्यहरु गर्दै आएको छ । 
 WhatsApp-Image-2024-12-30-at-07.37.23-1735523608.jpeg
 

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  ०७:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार