नल्लु मुहान व्यवस्थापनमा आएको अवरोध हटाउन तीन पालिकासहित केयुकेएलका प्रतिनिधिबीच छलफल

सोमबार, पुस १५, २०८१
मयुर प्लाई
Global Ime Bank

ललितपुर । बाढी र पहिरोका कारण क्षति ग्रस्त ललितपुर नल्लु मुहान व्यवस्थानमा काम गरिरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले सुरु गरेको काममा अवरोध हुन थालेपछि ललितपुरका तीन पालिकाका जनप्रतिनिधि तथा केयुकेएलका प्रतिनिधिबीच आइतबार गोदावरी नगरपालिकामा छलफल भएको छ । गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनको कार्यकक्षमा ललिपतुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामा, ललितपुर महानगर वडा नं २३ का वडाअध्यक्ष जीवन महर्जन, २४ नं. वडाका वडाअध्यक्ष दिनेश जंग पाण्डे, केयुकेलका प्रमुख कार्यकायरी अधिकृत (सिइयो) अशोककुमार पौडेल, केयुकेएल जाउलाखेलका प्रमुख इन्जिनियर इला भट्टसहित केयुकेएलका प्राविधिकसहित छलफल भएको हो ।  असोजको दोस्रो साता आएको बाढी-पहिरोले नल्लु तथा बासुकी खानेपानी मुहान क्षतिग्रस्त हुँदा गोदावरीसहित, ललितपुर महानगरपालिकाका वडा नं. २३ र २४ मा खानेपानीको समस्या चरम बन्दै गएको छ । 

WhatsApp-Image-2024-12-30-at-07.35.44-1735529041.jpeg
मेलम्चीको पानी ललितपुर महानगरका भित्री वडाहरुमा सहज तवरले वितरण भए पनि बाहिरी वडामा समानुपातिक वितरण नहुँदा समस्या जटिल बनिरहेको छ ।  केयुकेएलका प्रतिनिधिहरुले नल्लु, बासुकी मुहानमा खानेपानी व्यवस्थानको काम सुरु गर्दा केही व्यक्तिबाट अवरोध आएको छलफलमा जनप्रतिनिधिलाई अवगत गराएका थिए । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेल) ले बाढीले पुरेको-भाँचिएको पाइप व्यवस्थापनको काम गरिरहेको छ । गोदावरी नगरपालिका तथा केयुकेएलको अथक प्रयासपछि केही दिनअघि देबकी तथा बासुकी मुहानको पानी आंशिक रुपमा टाहाखेलस्थिन रिजरभेशनमा झरिसकेको छ । 
छलफलमा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले अवरोध हटाउन नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउँदै खानेपानी मुहान व्यवस्थानका लागि गरिने प्याकेजमा नगरपालिका सबै कुरामा सहमत हुने बताउनुभयो ।
'समस्या व्यक्तिगत हुन् । व्यक्तिगत समस्यामा पालिका अध्यक्ष तथा वडाअध्यक्ष बसेर एक पटक कुरा गर्नुस', नगर प्रमुख महर्जनले आग्रह गर्दै भन्नुभयो, 'गोदावरी नगरपालिका अल्पकालीन तथा दीर्घकालीन समाधानको प्याकेजका लागि सधै तयार छ ।' 
छलफलमा ललितपुर महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले महानगरका २३ र २४ नं. वडामा खानेपानीको हाहाकार भएको जनाउँदै नल्लुमा रोकिएको काम अघि बढाउन महानगरका तर्फबाट गर्नुपर्ने काममा पछि नहट्ने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले यो विषयमा केयुकेएलले सहजिकरण गर्नुपर्नेमा जोड दिँदै पानी आएपछि महानगर आफ्नो दायित्वबाट नपन्छिने पनि बताउनुभयो । 'स्थानीयले उठाएको सडक, मुअब्जा वा अन्य विषय के के हुन् खानेपानी मुहान व्यवस्थानका अल्पकालिन दीर्घकालिन योजना के के हुन कुन मन्त्रालयमा जानुपर्छ हामी त्यसका लागि तयारी छौ', उपप्रमुख शाक्यले भन्नुभयो, 'पानीको हाहाकार अन्त्य गर्न सबै एक जुट भएर लागौं ।' छलफलमा कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले संस्थागत रुपमा खानेपानी मुहान व्यवस्थानमा कुनै अवरोध नभएको जनाउँदै स्थानीय स्तरमा आएको समस्य समाधानका लागि सम्बन्धित पालिका र केयुकेएलबीच समझदारी गरेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । ललितपुर महानगरले आफ्नो पालिकालाई दिएको पचास लाख सोही क्षेत्रमा खर्च गर्ने पालिकाको योजना रहको जनाउँदै मुहान व्यवस्थामा ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, केयुकेएलबाट के कस्तो सहयोग गर्ने भन्ने विषयमा समझदारी गरी अघि बढ्दा राम्रो हुने सुझाव दिनुभयो । 
छलफलमा केयुकेएलका प्रतिनिधिले मध्यह्नसम्म काम गर्न अवरोध नभए पनि मध्यह्नपछि केही व्यक्तिहरु आएर ठेकोदारलाई काम रोक्न दबाब दिने गरेको अवगत गराएका थिए ।

WhatsApp-Image-2024-12-30-at-07.35.47-(1)-1735528612.jpeg
 

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  ०९:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार