सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सहरी विकासमन्त्री प्रकाशमान सिहंले पुर्खाले सुम्पिएर गएको संस्कृतिलाई जोगाउँदै आउने पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताएका छन् । सोमबार तमु ल्होसारको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै उनले आउने पुस्तामा संस्कृति हस्तान्तरण गर्नुपर्ने भएकाले वर्तमानमा गरिरहेका गतिविधिलाई अत्यन्तै जिम्मेवार तवरले अगाडि बढाउनुपर्ने बताए । उनले भने,‘पुर्खाले हामीलाई छोडेर गएका जुन रितितिथि,परम्परा छन् । त्यसलाई जोगाउनको लागि वर्तमानमा सबै त्यसमा सक्रिय भएर सहभागी भएको खण्डमा जोगिने रहेछ । जसरी हाम्रा पुर्खाले सुम्पिएर गएका संस्कार संस्कृति छ त्यसलाई आउने पुस्ता,नयाँ पिँडीलाई सुम्पिनपर्ने भएकाले वर्तमानमा जे जति गतिविधि गरिरहेका छौं त्यसलाई अत्यन्तै जिम्मेवार तवरले अगाडि बढाउनुपर्छ ।’ त्यस्तै उनले धेरै लामो संघर्षबाट प्राप्त गरेको अधिकारहरुलाई सुरक्षित र संस्थागत गर्दै लैजानुपर्ने भन्दै आउने दिनमा आम नेपाली जनता र राष्ट्रलाई समृद्ध र सम्पन्न राष्ट्र बनाउनतिर सबैले शक्ति प्रयोग गर्नुपर्ने बताए । उनले भने,‘सबैले प्राप्त गरेको अधिकार सजिलैसँग प्राप्त गरेको होइन् । धेरै लामो संघर्षबाट प्राप्त गरेको अधिकारहरुलाई सुरक्षित राख्दै र संस्थागत गर्दै ,आउँदै गरेको दिनमा आम नेपाली जनता र राष्ट्रलाई उन्नती र सम्पन्न राष्ट्र बनाउनतिर सबैले शक्ति प्रयोग गर्नुपर्छ ।’