काठमाडौं महानगरले दियो ‘फुड सेफ्टी वुट क्याम्प’ चौथो संस्करणको तालिम 

सोमबार, पुस १५, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । काठमाडौं महानगरपालिकाले फुड सेफ्टी वुट क्याम्प कार्यक्रम अन्तर्गत चौथो संस्करणको तालिम दिएको छ । दरबार हाई स्कूलमा सोमबार ‘स्वच्छ भान्छा’ स्वर्णिम योजना, खाद्य स्वच्छता प्रवर्धन तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छता : प्रवर्धन शिविर (फुड सेफ्टीक्याम्प) कार्यक्रम अन्तर्गत चौथो संस्करणको तालिम दिएको हो । फुड सेफ्टीका ट्रेनर नविन कर्मचार्यले कार्यक्रममा क्याटरिङ् व्यवसायी, व्याङ्क्वेट हल व्यवसायी र होटल व्यवसायीलाई समेटेको बताए । उनले उत्साहजनक उपस्थितिमा खाद्य स्वस्छताको बारेमा छलफल पनि गरेको बताए । उनले भने, ‘फुड सेफ्टी वुट क्याम्प) कार्यक्रम अन्तर्गत चौथो संस्करणको कार्यक्रम हो । यसमा क्याटरिङ् व्यवसायी, व्याङ्क्वेट हल व्यवसायी र होटल व्यवसायीलाई हामीले समेटेका छौं । आजको जुन सङ्ख्यात्मक उपस्थिति छ । धेरै नै उत्साहजनक थियो । खाद्य स्वस्छताको बारेमा छलफल पनि गर्‍यौं ।’ खानेकुराहरुको स्वच्छताका लागि प्रचलित व्यवस्था, मापदण्ड, अभ्यास र हुनुपर्ने अवस्थाका बारेमा ज्ञान, सिप र क्षमता अद्यावधिक गरेर खानेकुराको खाद्य पेशालाई सुरक्षित बनाउनु तालिमको उद्देश्य रहेको महानगरपालिका जनाएको हो ।  तालिमको पहिलो संस्करणमा साना तथा मध्यम भोजनालयका तीनसय जना सञ्चालकलाई तालिम दिएको थियो । दोस्रो संस्करणमा दशैँ लक्षित खानेकुरामध्ये मासुजन्य खाद्य बस्तुका उत्पादक तथा विक्रेता ३२१ जना व्यवसायीलाई तालिम दिएको थियो । दशैँ लगत्तै आउने तिहारमा धेरै खपत हुने मिठाइजन्य खाद्यबस्तुको स्वच्छताका लागि तेस्रो संस्करणमा मिठाइ व्यवसायीलाई तालिम प्रदान गरिएको थियो । हाल भएको तालिम चौथो संस्करणको हो ।

Photo-(7)-(20)-1735556914.jpg
 

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १६:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार