आइएमई ग्रुपले रोकायालाई पुरस्कारबापत हस्तान्तरण गर्‍यो एक करोडको चेक

सोमबार, पुस १५, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । विदेशमा कमाएको रकम इन्टरनेसनल मनि एक्सप्रेस (आइएमई) बाट नेपाल पठाएबापत प्रमिला रोकायाले रु एक करोड पुरस्कार जितेकि छिन् । जापानको क्योदाइबाट आइएमई रेमिट्यान्समार्फत रकम पठाएकी उनलाई आइएमई ग्रुपले पुरस्कारबापत रु एक करोडको चेक हस्तान्तरण गरेको हो ।
कैलालीको गोदावरी नगरपालिका–९ स्थित बल्मी टोलकी रोकायलाई कैलाली पुगेर ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तरण गरे । चेक बुझेपछि उनले आइएमईमार्फत पैसा पठाउँदा प्राप्त भएको रकमबाट बुबाआमाका लागि घर बनाइदिने योजना रहेको बताईन् । 
गत असोजमा आइएमईका ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले काठमाडौँमा सार्वजनिक ‘लक्की ड्र’ मार्फत सेवाग्राहीको नम्बर छनोट गर्दा प्रमिला रोकाया करोडपति ‘क्याम्पेन’ को भाग्यशाली विजेता बनेकि थिईन् ।
आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम रेमिट्यान्समार्फत पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले गत वर्ष सञ्चालन गरेको ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजना  अन्तर्गत भाग्यशाली सेवाग्राही छनोट गरेको हो ।
आइएमईले एक वर्षअघि विदेशमा कमाएको रकम औपचारिक माध्यमका रूपमा आइएमई गरी पठाउने सेवाग्राहीमध्ये एक जनाले रु एक करोड नगद जित्ने योजना सार्वजनिक गरेको थियो । साथै प्रत्येक महिना एक जनाले रु एक लाख नगद प्राप्त गरेका छन् ।
आइएमई गरी ‘आइएमई पे वालेट’, बैंक खातामा जम्मा गर्ने तथा आइएमई काउन्टरमा रकम पठाउने सेवाग्राही यो योजनामा सहभागी हुन सक्नेछन् । आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन उत्प्रेरकको रूपमा यो योजना ल्याइएको आइएमईले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १९:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार