‘वैदेशिक रोजगारबाट प्राप्त भएको रेमिट्यान्सलाई कमजोर नठानौं’

सोमबार, पुस १५, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । रिटर्नी नेटवर्क नेपालका अध्यक्ष उत्तम अधिकारीले व्यक्ति व्यक्तिमा छरेर रहेका स–साना पूँजीहरुलाई एकिकृत रुपमा परिचालन गरे ठूलो कम्पनीको मालिक बन्न सकिने बताएका छन् । आइतबार रिटर्नी नेटवर्क नेपाल सामूहिक उद्यमशीलताका लागि प्रोत्साहन तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले वैदेशिक रोजगारबाट प्राप्त भएको रेमिट्यान्सले देशका नागरिकहरुको लागि आय स्तरमा वृद्धि हुनु सकरात्मक भएको बताएका हुन् । उनले भने, ‘व्यक्ति व्यक्तिमा छरेर रहेका स–साना पूँजीहरुलाई एकिकृत रुपमा परिचालन गरेर ठूलो कम्पनीको मालिक बन्न सकिन्छ । वैदेशिक रोजगारबाट प्राप्त भएको रेमिट्यान्सले देशका नागरिकहरुको लागि आय स्तरमा भएको वृद्धि भएको छ ।  राष्ट्रिय पूँजी निर्माणमा रेमिट्यान्सले प्रदान गरेको सहयोग र देश विकासको चक्रमा रेमिट्यान्सबाट प्राप्त भएका पूँजीहरु लगानी भइरहेको सन्दर्भलाई हेर्ने हो भने यसलाई सकारात्मक मान्नुपर्छ ।’ साथै उनले पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या दिनानुदिन बढ्दै गइरहेको बताए । उनले एक महिनामै ८५ हजार युवाहरु विदेश जानु हाम्रो  देश अब कता जान्छ भन्ने प्रश्न उठेको बताए ।
Photo-(7)-(21)-1735567660.jpg
 

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १९:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार