पेचिलो बन्दै डेडिकेटेड फिडर तथा ट्रंक लाइनको बक्यौता विवाद 

विद्युत् प्राधिकरणको बोर्ड बैठकमा कुलमाको  'नोट अफ डिसेन्ट'
मंगलबार, पुस १६, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकमा सदस्य सचिव तथा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले 'नोट अफ डिसेन्ट' लेखेका छन् । प्राधिकरण सञ्चालक समितिको बैठकमा कार्यकारी निर्देशक तथा बोर्डका सदस्यसचिव घिसिङले पहिलो पटक नोट अफ डिसेन्ट लेखेका हुन् ।  घिसिङले लेखेको 'नोट अफ डिसेन्ट' लाई  प्राधिकरणका सञ्चालक सदस्यद्वय रतन ऐर र भरत आचार्यले समेत समर्थन गरेका छन् ।  डेडिकेटेड फिडर तथा ट्रंक लाइनको बक्यौता विवादमा टाइम अफ डे (टीओडी) मिटरको अध्ययन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरविन्दकुमार मिश्रको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका थिए । प्राधिकरणले समिति गठन भएलगत्तै विद्युत् नियमन आयोगमार्फत गठन हुनुपर्ने समिति मन्त्रालयबाट बनेकाले अवैध भन्दै आएको छ । सोही विषयलाई ऊर्जामन्त्री खड्काले गत पुस ४ मा बसेको बोर्ड बैठकमा छलफलका लागि राखेका थिए । समितिको तलबभत्ता, कार्यालय सञ्चालन सामग्रीदेखि सवारीसाधनसम्म प्राधिकरणले नै दिनुपर्ने माग ऊर्जामन्त्री खड्काको थियो । त्यसका लागि मन्त्रालयले समितिलाई आवश्यक तथ्यांकदेखि सेवासुविधासमेत उपलब्ध गराउन भन्दै प्राधिकरणलाई पत्र काटेको छ । तर प्राधिकरणले अवैध समितिलाई तथ्यांक उपलब्ध नगराउने स्पष्ट पारेको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १९:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार