सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । नेपाल बुद्धिचाल महासंघको आयोजनामा सम्पन्न ७ औं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको फाइनल प्रतिस्पर्धामा थापाथली चेस पार्क क्लब विजयी भएको छ । नकआउट समिकरणमा पूर्व विजेता दोलखा चेस होमलाई सहज रुपमा पञ्छाएको थापाथली चेस पार्कले फाइनल खेलमा ललितपुर स्पोर्ट्स क्लबमाथि कठीन जीत प्राप्त गरेको हो । चेस पार्कले क्लासिकल ९० मिनेट ३० सेकेण्ड इन्क्रिजमेण्टको गेममा २(२ अंक बराबर गर्दै र्यापिड चरण सम्म धकेल्न सफल भयो । क्लासिकल खेल रोमाञ्चक मोड लिँदै बराबरीमा टुङ्गिएको थियो । पहिलो वोर्डमा चेस पार्कका एफएम रिजेन्द्र राजभण्डारी स्पोर्ट्स क्लबका सिएम सजिन महर्जनसँग हार व्यहोरे भने चौथो वोर्डको स्पर्धामा नेशनल वोमन च्याम्पियन सिन्दिरा जोशी बिनिता कपाली सित पराजित हुन पुगिन् । टिम गेममा चेस पार्कले २ अंग गुमाउदाको दबाब झेल्दै दोश्रो वोर्डमा खेलेका सुशील चौधरीले शैलेन्द्र न्यौपाने माथि जित गर्ता गरि १ अंकको खाता खोले भने तेश्रो वोर्डमा आशीष फूँयालले रिसोन थापा विरुद्ध टाइम आउट गराउदै टिमको स्कोर २-२ बनाए । लगत्तै प्रतिस्पर्धा र्यापिड चरणका प्रवेश भएको थियो। जहाँ रिजेन्द्र राजभण्डारी पुनः सजिनसँग पराजित भए । चेस पार्कका अन्य खेलाडी सुशील चौधरी, आशीष् फूँयाल र सिन्दिरा जोशीले आआफ्नो खेल जितेर ३-१ अंकको स्कोर बनाउँदै उपाधि जित्नमा योगदान पुर्याउन सफल बने । ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा सम्पन्न सातौं संस्करणको राष्ट्रिय क्लब टिम प्रतियोगिताको विजेता बनेसँगै थापाथली चेसपार्क क्लब हाट्रिकसहित च्याम्पियन बनेको छ । चेसपार्कले नगद २ लाख पुरस्कार प्राप्त गरेको छ । प्रतिस्पर्धामा आयोजक ललितपुर स्पोर्ट्स क्लब उप विजेता बनेका छन् । क्लबले १ लाख २० हजार नगद पुरस्कार हात पार्न सफल भएका छन् । प्रतियोगिताको उच्च वरियता ललितपुर महानगरपालिका टिमले तेस्रो स्थानमा रहदै नगद ६० हजार प्राप्त गरेका छन् भने चौथो स्थान ओगटेका पूर्व च्याम्पियन दोलखा चेस होमले नगद ४० हजार हात पार्न सफल बनेका छन् । यसबीच राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंक लाल घिसिङले विजेता क्लबलाई शील्ड, मेडल, प्रमाणपत्र र नगद पुरस्कार हस्तान्तरण गरे । समापन समारोहमा मन्तब्य ब्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि टंकलाल घिसिङले नेपाली खेलकुद नेपाल सरकारको मातहतमा रहनु पर्ने जिकिर गर्दै राज्यको न्यायालयले प्रदान गर्ने कुनै पनि निर्देशन सबैले निःशर्त पालना गर्नु पर्ने धारणा राखे । उनले भने बौद्धिक खेल बुद्धिचालले अनुशासन सिकाउछ। यसलाई सबैले समय मै अनुशरण गरे खेलकुद सहि ढंगवाट अगाडि बढ्ने वातावरण श्रृजना हुनेछ । कार्यक्रमका सभापति नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले बुद्धिचाल खेललाई आगामी राष्ट्रपति रनिङ्ग शिल्डमा समावेश गर्न निवेदन गर्दै हाल सबै खेल संघ भन्दा वढि गतिविधि गरेको संघमा चेस खेल रहेको दावी समेत गरेका छन् । नेपाल बुद्धिचाल महासंघका प्रवक्ता राजु ताम्राकारले सञ्चालन गरेको समारोहमा विशेष अतिथिका रुपमा प्रतिष्ठानका कोषाध्यक्ष बाबुराम थापा, महासंघका उपाध्यक्ष धिरेन बोगटी, उप महासचिव मोनालिसा खम्बूलगायतको उपस्थिति रहेको थियो ।