गोदावरी नगरमा ‘दाँतको अस्पताल’ खुल्दै 

आँगनमै अस्पताल खुल्ने भएपछि नगरबासी दंग 
बुधबार, पुस १७, २०८१
मयुर प्लाई
Global Ime Bank

ललितपुर । गोदावरी नगरपालिकाले नेपालमा रहेको जापानीज संस्था एसोसियसन अफ डेन्टल कोअपरेसन इन नेपाल (एडिसिएन)सँग सहकार्य गरी ठेचोमा सामुदायिक दन्त स्वास्थ्य क्लिनिक संचालन गर्ने भएको छ । उक्त क्लिनिक संचालनका लागि गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र एडिसिएनका अध्यक्ष काकुहिरो फुकाईले बुधबार सहमति पत्रमा हस्ताक्षर गरे । नगर प्रमुख गजेन्द्र महर्जनले किलनिक मार्फत न्यूनतम शुल्कमा गोदावरीबासी र छिमेकी पालिकाका नागरिकलाई दन्त स्वास्थ्यसँग सम्बन्धित उपचार सेवा उपलब्ध गराउने बताए । उनले भने, ‘बाहिर दन्त उपचार एकदमै महंगो छ , हामी न्यूनतम शुल्क लिएर सेवा उपलब्ध गराउँछौं । ’तीन महिनापछि क्लिनिक संचालन गर्ने नगरपालिकाले जनाएको छ । नगर प्रमुखले भने, ‘ एडिसिएनका पदाधिकारीसँग सरसल्लाह गरेर तीन महिनाभित्र सम्पूर्ण सामग्री व्यवस्था गर्छौ अनि संचालन गर्छौ । ’ गोदावरी नगरपालिकाले स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । उनले भने, ‘ पूर्वाधार निर्माण त हुँदै जाने कुरा हो, स्वास्थ्य र शिक्षामा गरेको लगानी दिगो हुन्छ । ’एडिसिएनका अध्यक्ष काकुहिरो फुकाईले गोदावरी नगरपालिकासँग दन्त स्वास्थ्यका बारेमा सहकार्य गरेर काम गर्न पाउँदा खुशी लागेको बताए ।

Gajendra-Maharjan2-1735717113.jpg
उनले भने, ‘त्यो बेलामा हामीले ठेचो लगायतका ठाउँमा खेतमा पाल टाँगेर दन्त शिविर संचालन गरेका थियौं, अब यो भवनबाट दन्त सेवा दिन्छौं । ’ झण्डै ४० वर्षदेखि गोदावरी नगरभित्रका विभिन्न ठाउँबाट दन्त स्वास्थ्यका बारेमा सचेतना कार्यक्रम र उपचार गर्दै आएको छ । कार्यक्रममा एडिसिनका प्रतिनिधि र महिला स्वास्थ्य स्वयसंविका लगायत स्थानीयको उपस्थिति रहेको थियो । घरदैलोमै ‘दाँतको अस्पताल’ खुल्ने भएपछि नगरबासी खुशी देखिन्थे । नगर प्रमुख महर्जन र संस्थाका अध्यक्ष फुकाईले  खेतमा पाल टाँगेर उपचार गर्दाको  क्षण स्मरण गर्दै त्यो बेलादेखि यो बेलासम्म सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिए ।

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १३:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार