गोदावरीको  तिलगंगा सामुदायिक आँखा केन्द्र एक वर्ष पुग्यो (भिडियो)

पाँच हजार बढीले स्वास्थ्य सेवा लिए, २ सयको शल्यक्रिय 
बिहीबार, पुस १८, २०८१
मयुर प्लाई
Global Ime Bank

ललितपुर । गोदावरी नगरपालिकाले तिलगंगा आँखा प्रतिष्ठानसँग सहकार्य गरी सञ्चालनमा ल्याएको तिलगंगा सामुदायिक आँखा केन्द्रले पहिलो वार्षिकोत्सव मनाएको छ ।  गोदावरी नगरपालिकाको वडा नंं. ११ को कार्यालयसँगै तिलगंगा सामुदायिक आँखा केन्द्र रहेको स्थापना गरिएको छ । वार्षिकोत्सव कार्यक्रममा बोल्दै नगर प्रमुख गजेन्द्र महर्जनले पालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताए । उनले भने, ‘शिक्षा र स्वास्थ्यमा गरेको लगानी दिगो हुने रहेछ, पूर्वाधारमा गरिने लगानी त हुँदै जान्छ, त्यति राम्रोसँग पूर्वाधार निर्माण गरेका थियौंँ, असोजको बाढीले तहसनहस बनाइदियो ।’ 
नगर प्रमुखको दुई पटकको कार्यकालमा गरेका थुप्रै काम मध्ये यो केन्द्रको स्थापनाबाट आफूलाई आत्मसन्तुष्टि मिलेको बताए । नगर प्रमुख गजेन्द्र महर्जनले  केन्द्र स्थापनाका लागि अहोरात्र खटिने सामुदायिक आँखा केन्द्रकी इन्चार्ज श्रद्धा महर्जन, तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख सञ्चालक अधिकृत पिताम्बर अधिकारी, वडा नंं. ११का अध्यक्ष निलबहादुर देशार लगायतलाई धन्यवाद दिए । 
एक वर्षको अवधिमा केन्द्रबाट पाँच हजार २ सय २५ जनाले सेवा लिएका छन् । २०० जनाको आँखाको शल्यक्रिया गरिएको छ । गरिएका ती शल्यक्रियामध्ये धेरै निःशुल्क र थोरै सशुल्क भएको इन्चार्ज श्रद्धा महर्जनले जानकारी दिइन् । 
उपप्रमुख मुना अधिकारीले आँखा स्वास्थ्य बारे जनचेतना जगाउन र यो केन्द्रको प्रचारका लागि आँखा स्वास्थ्य शिविर प्रत्येक विद्यालयमा लैजाने तयारी भएको बताइन् । उनले केन्द्र सञ्चालनमा सक्रिय भएर लाग्ने सबैलाई धन्यवाद दिइन् । 
गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले सेवाभावमा लाग्ने व्यक्ति समाजको असल पात्र भएको व्याख्या गर्दै उनीहरुले सजिलै मोक्ष प्राप्त गर्ने प्रष्ट पारे । उनले भने, ‘आँखा नदेख्नेलाई देख्ने बनाएर पठाउनु भनेको उत्कृष्ट सेवाको कार्य हो, जो जो यो कार्यमा जुट्नु भएको छ सबैलाई धन्यवाद ।’ 
गोदावरी नगरपालिका वडा नं. ११ का अध्यक्ष निलबहादुर देशारले गोदावरी नगरपालिकामा तिलगंगा सामुदायिक आँखा केन्द्र सञ्चालनका लागि भएका सम्पूर्ण गतिविधिको स्मरण गरे । 
नगरबासी र छिमेकी पालिकाबाट आउने सम्पूर्णका लागि आँखा केन्द्र खोलिएको स्थान पायक पर्ने ठाउँ भएको उनले स्पष्ट पारे । 
तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख सञ्चालक अधिकृत पिताम्बर अधिकारीले केन्द्रले एक वर्षमा गरेको काम उत्साहजनक भएको बताए । धेरै छलफल र प्रयासपछि सञ्चालनमा आएको केन्द्रबाट गोदावरी नगरपालिका भित्रका बासिन्दा मात्रै नभई छिमेकी पालिकामा बसोबास गर्ने हरु पनि लाभान्वित भएको जानकारी पाउँदा खुशी लागेको बताए । 
कार्यक्रममा दिइएको जानकारी अनुसार केन्द्रमा आँखा उपचारका लागि हेटौंडा, धरानबाट समेत बिरामी आएका छन् । छिमेकी पालिका ललितपुरमा महानगरपालिका, महालक्ष्मी नगरपालिका लगायत दक्षिण ललितपुरका अन्य पालिकाका नागरिक समेत लाभान्वित भएका छन् ।

tilganga-samudayik-aakha-kendra-chapagaun-1735720926.jpg
 

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  ०७:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार